बिबिटियमद्धारा जल्केनी स्वास्थ्यकार्यलयमा अक्सीजन बितरण

 

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १० स्थित जल्केनी स्वास्थ्य केन्द्रलाइ अक्सिजन सहीतको सिलीण्डर का साथै स्वास्थ्य सामाग्रीहरु प्राप्त भएको छ । 


नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालीका वडा नं १०का उपसभापती रहर बहादुर तामाङ्गको पहलमा बिरबहादुर तामाङ्ग मेमोरियल फाउ्ण्डेशन बिबिटिएम का आजिबन सदस्य स्थानीयसमाजसेवी   निल बहादुरतामाङ्ग (सुमन)को बिशेष सक्रीयतामा उक्त समाग्री हरु   प्राप्त भएको हो ।

चौतारासाँगाचोकगढी नगरपालीका वडा न१० स्थित  जल्केनि स्वास्थ्य चौकिका लागि अक्सिजन  भरेको २वटा सिलिण्डर अक्सिजन रेगुलेटर २वटा  तत्काल रिपोर्ट आउँने पिसिआरपरिक्षण गर्ने भिटीएम२००वटा सर्जीक मास्क ४०००पिस सेनीटाइजर १५ लिटर प्यारासिटामोल १००पत्ता थर्मल गन १वटापिपिइसेट ५पिस फेसहेल्ड१०पिसर गौउन १०पिस वडाअध्यक्ष मार्फत स्वास्थ्य केन्द्रलाइ दिइएको थियो भने  जोखिम मोलेर  पनी नियमित सञ्चार सेवामा लागेको भन्दै लोकप्रिय समाचार दैनिकलाइ एक पिस पिपिइ सेट प्रदान गरिएको थियो ।

सामाग्री हस्तानन्तरण  कार्यक्रममा बोल्दैै फाउण्डेशनका कार्यक्रम संयोजक सरस्वती कार्कीले सस्थाको केन्द्रीय कार्यलय रामेछाप भएको भएता पनी हरेक जिल्लाका बिपतमा परेकाहरुलाइ सहयोग गरिरहेको बताउँदै सिन्धुपाल्चोक जिल्लामा आाउनका लागबिबिटियम फाउण्डेशन रामेछापको आजिबन सदस्य निल बहादुर थामाङ्ग (सुमन)को भुमिका रहेको बताउँनु भयो ।



कार्यक्रममा सामाग्री जिम्मा लिदै वडाअध्यक्ष बेलबहादुर महतले रामेछाप देखी सिन्धुपाल्चोकमा आएर आफ्नो वडाका स्वास्थ्य कार्यलयहरुमा यसरी स्वास्थ्य सामाग्री दिएकोमा आफुहरु फाउडेशनको क्रृण्ी  भएको र यसको बदलामा धन्यबाद बाहेक अरु दिन नसकेको बताउँनु भयो । उँहाले वडाबासीलाइ यसरी  आएको सामानको सही सदुपयोग गर्न पर्ने बताउँनु भयो । सामान हस्तानन्तरण कार्यक्रममा नेपाली काँग्रेसका २ नं क्षेत्रीय सदस्य मान बहादुर बोगटी,नेपालीकाँग्रेस १०नं वडा समितीका  सचिब बिष्णु बोगटी  पुर्ण बहादुर खड्का लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियो । स्थानीय महेन्द्र तामाङ्ग,बुद्धी तामाङ्ग, टेकबहादुर तामाङ्ग लगाएतले स्वयम सेवकको भुमिका निर्बाह गर्नु भएको  थियो ।३३जनाकोपरिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । 


, , , , , ,