जापान तोचिगि क्षेत्रीय समितिद्वारा हेलम्बुलाई एक लाख सहयोग

रूपक पुरी

 गैरआवासीय नेपाली संघ जापान तोचिगि क्षेत्रीय समितिले हेलम्बु गाउँपालिकालाई १ लाख ११ हजार १ सय ११ रुपैया रकम सहयोग गरेको छ । समितिका सँयोजक मँदिप क्षेत्रिका अनुसार  सहयोग रकम हेलम्बुको राहत तथा पुनः स्थापना कोषमा सुजन दुलाल र बिमल बहादुर बीसीले जम्मा गर्नुभएको  हो । बाढिले प्रभावित भएका हेलम्बु बासीलाई यस सहयोगले केहि राहत हुने समितिको विश्वास रहेको छ । समितिले प्रकोपबाट मृत्यु भएकालाई श्रद्धाञ्जली व्यक्त गर्दै र घाइते भएकाहरुको शिघ्र स्वास्थ लाभको कामना समेत गरेको छ । असार १ को इन्द्रावती तथा मेलम्ची खोलाको बाढिले ५ जनाको मृत्यु भएको छ भने चार सय भन्दा धेरै घर परिवार विस्थापित भएका छन ।

, , , , , , , , , , , , , , , , , , ,