चाउचाउ खादाँ मेलम्चीका परिवार नै बेहोस

सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका देवलाल श्रेष्ठको परिबार अहीले अस्पतालमा उपचार गराइरहनु भएको छ । उँहाको परिबार सबै अहीले मेलम्ची अस्पतालमा रहेको हरि चन्द्र  श्रेष्ठले बताउँनु भयो । उँहाका अनुसार मङ्गलबार  भएको बाढीका कारण घर डुवानमा परे पछी  घरमा भएका सामान सारेर बेलुका स्थानीय एक होटल   चाउचाउ खाए पछी तारान्तार पखला लागेको र परिबार सबैलाइ  पखला लागेर बेहोस भएको अबस्थामा छिमेकीले देखे पछी अरुलाइ खबर गरेर तत्काल अस्पतालमा लगीएको र बिहीबार बिहान देखी मेलम्ची अस्पतालमा उपचार गराइरहेको श्रेष्ठलेजानकारी दिनु भयो ।  उँहाका अनुसार परिबारबा ६ जना चाउचाउ खाए लगत्तै यस्तो घटना भएको हुँदा चाउचाउमा खाद्य बिषादी (फुड पोइजन ) भएको हुन  सक्ने बताइएको छ । एकातिर बाढीका कारण करौडौको सम्पती क्षती हुनु अर्काे तर्फ परिबार सबै चाचाउ खाँदा  बेहोस हुने गरि बिरामी पर्नु श्रेष्ठ परिबारलाइ अझ बढी पिडा परेको छ ।   यस अघी पनी चाउचाउका कारण धेरै मानीसहरु बिरामी भएकोसमाचार नआएको होइन तर पनी स्वादिष्ट केमीकल राखीएका चाउचाउ खान मनपाराउँने अनी खान पनी छिटो हुने हुँदा  केही मानीसले यसलाइ भोजनका रुपमा लिनेगरेका छन । खाश गरि चाउचाउका कारण बालबालीकाहरुलाइ बिभिन्न रोग लाग्न सक्ने भन्दै  प्राय बिद्यालयहरुमा चाउचाउलाइ बन्देज लगाइ सकेको छ ।  सरकारले समेत बिद्यालय दिवा खाजामा चाउचाउ र बिस्कुट प्रयोग गर्न नपाइने भन्दै स्थानीय सतरमा नै उत्पादीत खाद्यन्न को प्रयोग गरेर खाजाको ब्यबस्थापन गर्न  निती बनाएको छ । खाश गरी चाउचाउ खानु स्वास्थ्यका लागी हानीकारक देखीएको छ । 


, , , , , , , , , , , , , , , , , , ,