नेबिसंघ महामन्त्री तिमल्सिनाद्वारा धुस्कुनमा अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामग्री बितरण

सिन्धुपाल्चोक जिल्लामा  Covid –19  बिरुद्धको हाम्रो अभियान अन्तर्गत नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्था हरुमा स्वास्थ्य सामग्री हस्तान्तरण लाई निरन्तर जारी राख्नु भएको  छ । 



  शुक्रवार  जिल्ला आउन् भएका सिन्धुपाल्चोक काँग्रेस नेता तथा संघका केन्द्रीय महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका द्वारा वडा नं ३ धुस्कुनमा संचालित पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकिको प्रयोजनका लागि नेपाल मेडिकल एसोसिएसन -NMA_ बाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) हस्तान्तरण गरेका गर्नु भएको छ । शुक्रबार धुस्कुन स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर संगै अक्सिजन नजल ट्युब २० पिस,पिपिइ सेट,सर्जिकल मास्क,ल्(ढछ मास्क, फेससिल्ड, स्यानिटाइजर, ग्लोभ्स लगाएत अत्यावश्यक स्वास्थ्य सामग्रीहरु स्वास्थ्य प्रमुख राम प्रकाश यादव लाई हस्तान्तरण गर्नु भएका छ । नेपाली काँग्रेसका महासमिति सदस्य एबम राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठ,उद्योग बिभाग सदस्य वीर बहादुर भण्डारी,नेताहरू माधब भण्डारी,राम कुमार तामाङ,इकाइ सभापति राम कुमार रिसाल सहित नेबिसंघ र तरुण दलका नेता तथा सामाजिक अभियन्ता हरुको उपस्तिथिमा सामाग्री हस्तान्तरण गर्दै महामन्त्री तिमल्सिनाले जिल्ला भर कोभिड महामारी संगै अहिलेको बिपत्ति विरुद्धको लडाइमा शसक्त परिचालन हुन जरुरी रहेको बताउँदै आफ्नो अभियान निरन्तर जारी रहने बताउनु भयो । स्वास्थ्य कार्यालयका प्रमुख राम प्रकाश यादवले आइसोलेसन सेन्टरमा अत्यावश्यक अक्सिजन कन्सन्ट्रेटर प्राप्त हुँदा कोरोना र अन्य बिरामिको उपचारमा सहज हुने बताउनु भएको छ । महामन्त्री तिमल्सिनाको नेतृत्वमा यश अघि नै सिन्धुपाल्चोक जिल्ला अस्पताल चौतारा,प्राथमिक स्वास्थ्य केन्द्र जलबिरे र बाह्रबिसे तथा बाह्रबिसे नगर पालिका,त्रिपुरासुन्दरी र बलेफी गाउँ पालिका अन्तर्गतका स्वास्थ्य चौकी, आइसोलेसन केन्द्र लगाएतका स्वास्थ्य संस्था , वडा कार्यालयहरुमा अक्सिजन कन्सन्ट्रेटर तथा अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरि सकिएको छ ।


, , , , , , , , , , , , , , , , , , ,