वडा नं १४ डडुवाका युवाहरु द्धारा स्वास्थ्य सामाग्री बितरण

 

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका वडा नः १४ डडुवामा कोरोना भाइरसका संक्रमितहरु व्यापक देखिन थालेपछि स्थानीय युवाहरू, सम्भावित संकटलाई सामना गर्नको लागि भन्दै एक हुन् थालेका छन् ।केहि दिन अगाडी “डडुवा युवा समाज कोभिंड नियन्त्रण सहयोग समिति” गठन भए संगै उक्त्त समितिलाई सहयोग गर्न देश विदेशबाट अभियान शुरु हुन थालेका हुन्।


डडुवा युवा समाजले बर्तमान अवस्थालाई मध्यनजर गर्दै स्थानीय स्तरमा कोभिड नियन्त्रणका लागि आर्थिक साथै भौतिक सहयोग संकलन गर्न थालेको छ।

“यस कोभिंड नियन्त्रण सहयोग समितिले संक्रमित परिवारलाई र बिरामिको स्वास्थमा बिषेस ध्यान दिदै स्वास्थ्य सामग्री र बिपिन्न परिवारलाई राहत प्रदान गर्ने अभियानका अगुवाकर्ता सगुन श्रेस्ठले बताउनु भएको छ।

त्यसैगरी समितिले डडुवाका समग्र युबा, विभिन्न सामाजिक संघ–सस्था, राजनितिक ब्यक्तित्व,पत्रकार, ब्यवसायी देश तथा बिदेशमा रहनुहुने दाजुभाई–दिदीबहिनी, शुभचिन्तक सबैमा सहयोगको लागि पनि अनुरोध गरेको छ।अभियानलाई सबै युवाहरुले साथ् दिनुपर्ने र आगामी दिनमा डडुवालाई स्वस्थ बनाउन सबै एक भएर लाग्नु पर्ने बताउनु भएको छ।

समितिले स्थानीय सरकारसंग समनयन गरेर अघि बढने र सम्बन्धित निकायलाई ध्यानकर्षण गराउने, जनचेतनामुलक काम गर्ने, सम्पूर्ण १४ नम्बर वडा बासीहरुमा कोरोना रोकथाम अभियानमा हातेमालो गरी अगाडि जाने लगायतका कार्यक्रम तय गरिएको युवा सल्लाकार सरोज बोहराले बताउनु भएको छ, डडुवा कोभिड नियंत्रण समितिको पहलमा अहिले सम्म झण्डै साढे दुई लाख रुपैया संकलन भएको,समितिको कोषाध्यक्ष श्रेस्ठले जानकारी गराउनु भएको छ।

उँहाका  अनुसार ,थरमोमीटर– १०० वटा,हयाण्ड सेनीटाईजर–२००वटा,साबुन– १०० वटा,हयाण्ड ग्लोभस–३०० वटा,सेनिटाइजर ५ लीटर , ५ जर्किंन,माक्स–५००० वटा,अकÞ्सोमीटर–४ वटा,पी.पी. सेट –१ जोर,भीटामीन डी–१२० बिरामीको लागी,भीटामीन,सि–१२० बिरामीको लागी,ज्वरों सिटामोल –१२० बिरामीको लागी सामाग्री बितरण गरिएको छ। यसका लागी देहाएका ब्यक्ती हरुले देहाय बमोजिम सहयोग गरेकाले सहयोगी हातहरुलाई श्रेष्ठले  बिषेश धन्यबाद दिनु भयो ।  






, , , , , , ,