अपाङ्गता भएकालाई लिसंखुपाखरको बिशेष सहयोग

लिसंखुपाखर गाँउपालीकाले अपाङ्गता भएका मानीसहरुका लागी बिशेष सहयोग गरिरहेको गाँउपालीकाको उपाध्यक्ष हेमगंगा मेक्तानले बताउनु भएको छ । 



उँहाले शुक्रबार आयोजीत अपाङ्ग सम्मन्वय समितीको बैठकमा सहभागीहरुलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भयो । अपाङ्गताभएका मानीसहरुको आयआर्जन बृद्धी गर्नका साथै उँहाहरुको क्षमता बिकासका लागी पालीकाले बिशेष अनुदानको ब्यबस्था गरेको कसैको पनी दबाबमा होइन सिस्टममा काम गरिरहेको बताउँदै सबैले समान हैसियतले  सुबीधा पाउँने बताउँनु भयो । उँहाले अती अशक्त रहेका ब्यक्तीहरुलाई दिइने  परिचय पत्र का आधारमा मासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिनुका साथै आबश्यक सुबिधा उपलब्ध गराई रहेको बताउँनु  भयो । गाँउपालीका महिला बालबालीका शाखा प्रमुख नानी मैया बस्नेत ले  अपाङ्गता परिचय पत्र  प्राप्त गर्नका लागी चिकीत्सकको सिफारिस भए पछी त्यसका आधारमा परिचय पत्र  पाइने बताउँनु भयो । उँहाले जिल्लाका सम्मन्वयमा  बन्ने गरेको परिचय पत्र डाक्टरको सिफारिसमा पालीकाबाटै  दिइने गरेको बताउँनु भयो । उहाले अपाङ्गता लगाएत अन्य  जेष्ठ नागरिक एकल महीला को परिचय पत्र र सामाजीक सुरक्षा भत्ता समेत पालीका बाटै प्रदान गरिरहेको बताउँनु भयो । बस्नेतले अपाङ्गता परिचय पत्र क, ख, ग, घ गरि चार प्रकारको हुने हुँदा डाक्ट्रले  परिक्षण गरे पछी बर्ग छुट्याउँने हो वडाअध्यक्ष हरुले सिफारिस बर्ग छुट्याउँने होइन भन्नु भयो ।   


, , , , , , , , , , , , , , , , , , ,