बर्षादका कारण जल्बीरे बस्ती जोखीममा

 बिगत केही दिन देखी पररिहेको बर्षका कारण जिल्लाका बिभिन्न भागमा क्षेती पुर्याउँनका साथै हरेक स्थान जोखिममा परेको छ ।


यो सँगै जल्बीरे बजार पनी जोखीममा परेको छ ।  सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालीका  वडा नं  १ मा २०७८ असार १ गते आएको बाढिले श्री आनन्द मा बि र जल्बिरेका तल्लो बस्ती उच्च जोखिममा परेको हो ।


यसरी आनन्द माध्यमिक बिद्यालय , जल्बीरे भ्याली क्याम्पस सहीत बस्ती जोखिममा परे पछी वडा नं १का अध्यक्ष मधु  थापा  को पहलमा जोखिम बस्ती जोगाँउनका लागी गाँउपालीकाले आबश्यक कार्य तत्काल गर्न बिभिन्न कार्य भइ रहेको छ ।

यस बिषयलाइ लिएर गाँउपालीकाका अध्यक्ष केदार क्षेत्रीले तत्काल बस्ती संरक्षण गर्न का लागी प्रयास भइरहेको बताउँनु भयो । उँहाकै नेतृत्वमा तत्काल बस्ती संरक्षणका लागी बुधबार बलेफी १ को वडा अध्यक्ष मधु थापा  बि.  ब्य.स  सदस्य राजेन्द्र कायस्थ  जल्बीरे भ्याली क्याम्पसका सभापती अमृत थापा लगायत का प्रतिनिधीहरु सहीत हेटौडा जानु भएको छ । हेटौडा बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन   मन्त्रालय मा बिपद जोखिम न्यूनीकरणका लागि माननीय मन्त्री केशब पाण्डे सङ्ग  छलफल गरेको छ । छलफलका क्रममा  मन्त्रलयको बिपद शाखाबाट तत्काल निर्णय गरि प्लम ढलानका लागि पहल गरिदिने मन्त्रीले आश्वासन दिनु भएको सहभागी क्याम्पस सभापती अमृत  थापाले जानकारी दिनु भएको छ ।  सिन्धुपाल्चोक  प्रतिनिधि सभा १ को  ख प्रदेशबाट बाट निर्बाचित माननीय  मन्त्री हुनुभएको उद्योग बन तथा बाताबरण मन्त्री सरेश नेपाललाइ  त्यहाको समस्याका लागि तत्काल समाधानका लागि  भेटेर  अनुरोध गरिएको थियो । वडा अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष मधु थापाले त्यहाको समस्या असारभित्र काम नगराए अर्को मेलम्ची घटना नदोरिएला भन्न सकिँदैन  भन्नु हँदै सबै पक्ष  बिपदलाइ न्यूनीकरणको लागि लाग्न अनुरोध गर्नु भएको छ । तत्काल त्यसबस्तीका लागी सरक्षण गर्न नसके बिद्यालय क्याम्पस सहीत गरि करिब तिन अरब बराबरको भौतीक क्षेती हुने देखिएकाले तत्काल यसको संरक्षण गर्न गाँउपालीका लागी परेको पालीकाका  अध्यक्ष क्षेत्रीले  जानकारी दिनु भयो । 




, ,