जनहितद्वारा स्वास्थ्य सामाग्री बितरण


चौतारा ।  जनहित ग्रामिण सेवा समिति, सिन्धुपाल्चोक चौताराले चौतारा साँगचोकगढी नगरपालिकाका ८ वडालाई स्वास्थ्य सामाग्री बितरण गरेको छ ।


जिल्लामा कोरोना संक्रमितहरु संख्या बढ्दै गएपछी नियन्त्रण र रोकथामका लागि आज सम्बन्धित वडाका वडा अध्यक्षहरुलाई समितिका अध्यक्ष भरत सापकोटाले हास्तान्तरण गरेका हुन् ।

समितिले नगरपालिकाको वडा न ४, ५, ८,९,१०,११,१२,१३ र १४ नम्बर वडालाई माक्स, स्यानिटाइजर,  नेबुलाईजर, डिसैन्फेक्सन्स, अक्सिमिटर, थर्मोमिटर लगायतको सामाग्री बितरण गरेको संस्थाका अध्यक्ष सापकोटाले जानकारी दिए ।

नगरपालिकाको १४ वटै वडाका स्थानीय जनतालाई बितरण गर्ने उदेश्यका साथ हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु बाँकी वडाका लागि आइतबार हस्तान्तरण  गरिने समितिले जनाएको छ ।

, , ,