डडुवाका युवाहरुद्वारा पिडितलार्इ सहयाेग

चौतारा साँगाचोकगढि नगरपालिका वडा न १४ डडुवा झुलेटार निवासी  सुरेन्द्र नेपाल मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीमा परी बेपत्ता भए पछि सम्पूर्ण गाउ वासी नै शोकमग्न बनेको छ,सबै निकायले खोजी कार्य गर्दा पनि भेटाउन नसकेपछि परिवारले आफ्नो धार्मिक बिधि अनुसार काज क्रिया गरिरहेको छ। 



 वीपत को यो परिस्थितिमा शोकमग्न परिवारलाई साथ सयोग दिएर घाउमा मलम लगाउने कार्यमा युवाहरूँ सक्रिय भएर लागीरहेको डडुवा युवा समाजका अभियानकर्ता सगुन श्रेस्ठले जानकारी गराउनु भएको छ।  पिडितलाइ केही हद सम्म सहयोग  पुगोस भनेर  आफुहरुले सहयोग गरिरहेको र यश िबपदमा परेका नेपाल परिबारलाई पनि   सान्त्वना दिदै   युवाहरुद्वारा सहयोग गरिएको छ ।सहयोग गर्ने क्रममा  समाजले डडुवाका समग्र युबा, विभिन्न सामाजिक संघसंस्था, राजनितिक ब्यक्तित्व, पत्रकार, ब्यवसायी देश तथा बिदेशमा रहनु हुने दाजु भाई , दिदी बहिनी, शुभचिन्तक सबै सहयोगीलाई धन्यवाद दिदै आगामी दीनमा सबै एक भएर लागि पर्न पनि अनुरोध गरेको छ।अभियानलाई सबै युवाहरुले साथ् दिनुपर्ने र आगामी दिनमा डडुवालाई राम्रो बनाउन सबै एक भएर लाग्नु पर्ने नेपाल ड्राईभिंग स्कूल संचालक तथा समाजसेवी नकुल नेपालले बताउनु भएको छ। समितिले सोर्गीय सुरेश नेपाल प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै जम्मा भएको आर्थिक सयोग रु ३७५०० मृतक परिवारलाई हस्तान्तरण गरेको  अभियानता श्रेस्ठले जानकारी गराउनु भएको छ।यश अघिपनि सो समाजले स्वास्थ्य सामाग्रि , बिपन्न परिवारलाई  खाद्य सामाग्रि हरु बितरण गरेको थियो । 



, , , , , , , , , , , , , , , , , , ,