राप्रपाद्धारा चौताराअस्पताललाइ सामाग्री हस्तानन्तरण


राष्ट्रीय प्रजातन्त्र  पाटींले सिन्धुपाल्चोक जिल्लाको  सदर मुकाममा रहेको अस्पतालमा  आबश्यक स्वास्थ्य समामाग्रीहरु हस्तानन्तरण गरेको छ।


पाटीका केन्द्रीय सदस्य बाबुराम खड्काले उक्त सामाग्री हस्तानन्तरण गर्नु भएको हो । केन्द्रीय अध्यक्ष  पशुपती शम्शेसरले जिल्लाका कोही पनी नागरिकलाइ कुनै पनी समस्या नपरोस भन्दै सामाग्रीहरु प्रदान गर्नु भएको हो ।

स्वास्थ्य सामाग्री हस्तानन्तरण गर्दै केन्द्रीय सदस्य खड्काले राप्रपाले देशै  भरी समस्यामा परेका हरेक नागरिकलाइ सहयोग गरिरहेको बताउँनु  भयो । 

यसै गरि राप्रपा जिल्ला सभापती गोपाल श्रेष्ठ ले हरेक वडामा भएका आईशोलेसनलाई अक्सिजन उपलब्ध गराईन लागेको बताउनु भयो।राप्रपा महीला सङ्गठनको  केन्द्रीय महासचिबकुमारि तामाङ्गले  जिल्लाका कोहि पनि नागरिकलाई  कुनै पनि समस्या नपरोस भनी  राप्रपाले हरेक सहयोग गरिरहेको बताउनु भयो ।

दुर्गादत्त चापागाईले  स्वास्थयमा परेको समस्या सँग लडाई गरिरहेका हामी स्वास्थ्य कर्मि लाई हतियार प्राप्त भएको छ ,यो हतियार हाम्रो लागि ठुलो मुल्यवान भएको  छ भन्नु भयो । उँहाले राप्रपाले दिएको अक्सिजन अति महत्वपुर्ण रहेको बताउनु भयो ।

केन्द्रीय सदस्य बाबुराम खड्काको प्रमुख अतिथ्यता र जिल्ला उच्च कार्य सम्पादन समितिका सङ्योजक नारायण जङ्ग पाण्डे   राष्टिय प्रजातन्त्रिक महिला सङ्गठनको केन्द्रीय महासचिब कुमारि तामाङ्गको विशेष अतीथ्यतामा जिल्ल्ला  स्वास्थ्य कार्यलय प्रमुख दुर्गादत्त चापागाईलाई  उक्त सामाग्रीहरु हस्तानन्तरण गरिएको हो  ।पशुपति शम्सेरको निर्देशनमा  सिन्धुपाल्चोक जिल्ला मा स्वास्थ्य सामाग्री बितरण गरिएको बताउँदै मुल्याङ्कन समितीका पाण्डेले हरेक क्षेत्रमा राप्रपाले  सहयोग गरिरहेको बताउँनु भयो । राप्रपाका उपाध्यक्ष दय  टिका लक्ष्मी श्रेष्ठ, हिरा प्रसाद नेपाल जिल्ला को कोषाध्यक्ष कृष्ण बहादुर गिरी  प्रबक्ता  हरि नेपाल नेता  नगर पाटी उपाध्यक्ष महोनकाजी कपाली  नेताहरु शहदेब नेपाल लगाएतका ब्यक्तीहरुको उपस्थितीमा सामाग्रहिरु हस्तानन्तरण गरिएको हो ।  सो अबशरमा लोकप्रिय समाचारलाइ पनी स्यानेटाइजर मास्क दिइएको थियो । 


, , , , ,