बाढिले क्षतिग्रत सिन्धुको मेलम्चि र हेलम्बु

 रामचन्द्र बस्नेत 

सिन्धुपाल्चोक ,   असार १ मंगलबार बेलुका ७.३० बाट इन्द्रावति ,मेलम्ची , लार्के र याङ्ग्री खोलामा आएको बाढिले सिन्धुपाल्चोक तिन मुख्य बजार मध्ये पश्चिमी बजारका मुख्य ब्यापारीक केन्द्र मेलम्चि र हेलम्बुका प्राय सबैजसोे ब्यापारीक र ब्यबसायिक उत्पादनमा लागेका र्फामहरु तहसनहस बनेका छन् । 



गत मंगलबार सिन्धुपाल्चोकलाइ नै दशकौँ पछाडि धकेल्ने गरी आएको बाढिमा परि हेलम्बु गाउपालिकामा ३ जनाले ज्यान गुमाएका छन् भने अझै १३ जना बेपत्ता नै छन् । मानविय क्षतिको हिसावमा सवैभन्दा बढि हेलम्वु गाउपालिकाले ब्यहोरेको भएपनि बिभिन्न स्थानमा सडक संजाल टुटेको र बाँकि रहेका ग्रामिण सडकहरुको अवस्था एकदमै नाजुक रहेको कारणले पनि हेलम्बुमा भनेजस्तो सजिलै राहत सामाग्रि पुगेको छैन । तर ,जस्तोसुकै अवस्था भएपनि आफु रहेसम्म  कुनैपनि जनता भोक र रोगले मर्न नपर्ने हेलम्वु गाउपालिका प्रमुख निमाग्याल्जेन शेर्पाले बताउनुभयो । अध्यक्ष र्शेपा अनुसार पहिले सुरक्षित स्थानको छनौटगरी जनतालाइ राख्ने र सो पश्चात खाध्यन्न र अन्य बिषयलाइ केन्द्रबिन्दु बनाइने बताउनुभयो । 

बिगत सय बर्षको इतिहास हेर्दा पनि कुनैपनि कालखण्डमा यस्तो नभएको कारण यो स्थानमा पहिलेको अनुसार बनाएको मापडण्दले काम नगरेको स्थानिय दोर्जे तामाङ्ग बताउनुहुन्छ । तामाङ्ग भन्छन् पहिलेको र अहिलेको नदिको अवस्था हेर्ने हो भने आँखालाइ नै बिश्वास हुदैन । माथिदेखि तलसम्म हरेक स्थानमा नदिको सतह १५ देखि ३५ मिटर सम्म बढेको छ । बाढिले पालिका भवन नजिकै रहेको गणेशे बगर, चालिसे गाँउ, हल्दे, चिउरे खर्क, तिम्बु बजारको तटिय क्षेत्रमा स्थित भण्डारी माछा फार्म ,हेलम्बुको इप्रका भवन, रातोपुल (चनौटे)को दुबै तर्फको बजार र माझिबस्ति  लगाएत तालामाराङ्गसम्म बिभिन्न स्थानमा रहेको १० वटा ब्यबसायिक ट्राउड माछा फार्म र नदि किनारमा रहेको बिध्यालयको आधाभन्दा बढि संरचना क्षतिग्रस्त बनेको छ । त्यस्तैगरि मेलम्चि बजारबाट तालामाराङ्ग हुदै हेलम्बु बजार जोड्ने सडकखण्डमा मेलम्ची बजार नजिकै सिमखेत , तिम्बु बजार लगाएतका बिभिन्न क्षेत्रमा सडक संजाल टुटेको छ । 

 बगर हेर्दै रुन्छन् दम्पती 

गणेशे बगरको माथिल्लो गाँउमा बस्दै आएका दम्पति भुकम्पमा घर क्षतिग्रस्त भएपछि सबै गाँउको सम्पति बेचेर तिम्बु बजार नजिकै सडक क्षेत्रमा ३ रोपनि ११ आनाखेत किनेर बसोबास गर्दै आएका थिए । सामान्य पशुपालन र खेति किसान गर्दै आएका ५२ बर्षिय कामि तामाङ्ग र उनिकि पत्नि  अहिेले दिनभर बगरछेउ आएर लामो सुस्केरा हाल्दै बस्छन् । तामाङ्ग भन्छन् –“ अव त बुढेसकालले समासक्यो जिवनभरको मेहनतले बनाएको घरखेत केहि छैन न त सहारा दिने सन्तान नै छ । अव कहाँ गएर कसरी जिवन काट्ने सोच्न समेत सक्दिन । ”

दशैवटा माछापालन फार्म बगाए 

हेलम्बुको तिम्बुबजार देखि मेलम्चि बजारसम्म बिभिन्न स्थानमा रहेका १० वटा ट्राउड माछा पालन तथा सो सँगै जोडिएको रिर्सोटको अहिले कुनै नामोनिशान नै छैन । पानिको सौहुलियको लागि नदिको नजिकै बनाइएका यस्ता र्फामहरु करोडौँको बैँक ऋणबाट संचानल गरिएका थिए । त्यस्तै तिम्बु वजारमा बिगत लामो समयदेखि (भण्डारी फार्म) नामक माछा पालन फार्म संचालन गर्र्दै आएका ब्यबसायि उत्तममणि भण्डारीका भन्छन् –“ यो जत्तिको पिडा हामि ब्यबसायिलाइ केहि नहुने रहेछ । बैदेशिक रोजगारीलाइ माया मारेर देशमै केहि गर्छु भनेर यो ब्यबसाय अंगाल्यौँ  तर, सबैकुरालाइ मिलाएर कारोबार गर्न सकेपनि प्रकृतिसंग लड्न नसकिने रहेछ । अव, जे हुनु भइसक्यो । सम्बन्धित निकायले न्युन ब्याजदर वा ऋण लगानिमा सहुलियत दिए हामि युवा ब्यबसायिहरु मिलेर आन्तरिक अर्थतन्त्र उठाउन सक्थ्यौँ ।


, , , , , , , , , , , , , , , , , , ,