रत्नराज्यको घटना पछी दुइपालीकाको संयुक्त बैठक

बिपना तामाङ्ग,कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सिनधुपाल्चोक जिल्लाको  जुगल गाउँपालिका र बलेफी गाउँपालिकाद्वारा संयुक्त रुपमा जुगल गाउँपालिका, वडा नं ५ चनौटेमा सञ्चालित रत्नराज्य कोभिड–१९ आइसोलेसन केन्द्रमा उपचाररत बलेफी गाउँपालिका, वडा नं ६ स्थायी ठेगाना भएका ५३ वर्षीय पुरुष श्री रत्न बहादुर तामाङकोे हाम्फालेर  मृत्यु भए पछी आकस्मिक तथा हुन सक्ने सम्भाबित जोखिम बारे छलफल भएको छ ।


बलेफी गा पा र जुगलको सयुक्त आइसोलेशन तथा उपचार केन्द्रमा थप राम्रो ब्यबस्थापनका भन्दै दुइ पालीकाका अध्यक्ष सहीतका प्रतिनिधीहरु समेत उपस्थित भइ छलफल गरिएको हो । बिरामिको आत्मबल बढाउनका निमित्त गर्न सक्ने ब्यनस्थापनमा जुट्नका निमित्त त्यहाको ब्यबस्थापन पक्षलाइ अझै बलीयो बनाउने गरि अगाडि बढाउँने  निर्णय भएको  छ ।

बैठकमा सहभागी बलेफी गाँउपालीकाका अध्यक्ष केदार क्षेत्रीले कुनै पनी नागरिकले अनाबश्यक ज्यान गुमाउँन नपरोस भनी लागी परेको अबस्थामा यस  लाइ अझ कसरी ब्यबसथीत गर्ने भन्ने बारेमा बैठक केन्द्रति रहेको बताउानु भयो । आगामी दिनमा कोरोना सङ्क्रमितको   आत्मबल बढाउनका निमित्त गर्न सक्ने सम्भाबित कार्यबारे जुगलगाँउपालीकाका अध्यक्ष होमनारायण श्रेष्ठ,उपाध्यक्ष सिर्जना तामाङ  बलेफी गा पा अध्यक्ष केदार छेत्री, उपाध्यक्ष कमला कायस्थ श्रेष्ठ , लगाएत बलेफी र जुगलका सयुक्त जनप्रतिनिधि ,प्रहरी प्रशाशन ,स्वास्थ्य कर्मी हरुको उपस्थितीमा छलफल भएको हो  । चनौटेमा आइसोलेशनमा उपचाररत कोरोना सङ्क्रमित आत्माहत्याको प्रयास गरि हाम फाल्ने क्रममा गम्भिर घाइते भइ   मृत्यु  भएको घटनाबारे समेत समिक्षा गरिएको  थियो ।

यस अघी २०७८जेष्ठ१७ गते उचारका लागि भर्ना हुनु भएका तामाङको २०गते विहान १ः१५ बजे आइसोलेसन भवनको तेस्रो तल्लाको झ्यालबाट हामफाली आत्महत्याको प्रयास गरेको अवस्थामा आइसोलेसन केन्द्रमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले तत्काल उद्धार गरि उपचारको लागि अस्पताल लैजादै गर्दा  बीच बाटैमा मृत्यु भएको  थियो ।  मुतकले आफु घरमा जान चाहेको बताएको  घरमा जान नदीए पछी रातको समयमा भाग्न खोज्दा यस्तो घटना भएको  हुन सक्ने अनुमान गरिएको छ । त्यहा बस्ने सक्रमितका भनाइअनुसार सुरुमा असामान्य प्रकृतिको ब्यबहार देखाउदै तोडफोड गरि झ्यालको सिसा फोरेर हाम फालेको थियो । यस सम्बन्धमा जुगल गाँउपालीकाले बिज्ञेप्ती जारी गर्दे घटनाको बारेमा दुख ब्यक्त  गरेको छ । 

, , , , ,