सभापति बस्नेतको नेत्रित्वमा ७२ घरधुरीलाई खाद्यन्न

कुमार बस्नेत(अधिराज)

बाह्रबिसे,   कोरोना  महामारीबीच निषेधाज्ञामा परेका बाह्रबिसे नगरपालिका-६ डाँडाकटेरी र बसेरीका ७२ घरधुरी बिपन्न परिवरलाई सोमबार खाद्यन्न र सोताङका ३३ घरधुरीलाई त्रिपाल बितरण गरिएको छ ।  



डाँडाकटेरिका काँग्रेस नेता राम बहादुर तामाङको सम्योनएनमा पुर्ब मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा, क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको नेतृत्व र तरुण दल केन्द्रीय बिभागका केन्द्रीय सदस्य पासाङनोर्बु लामा र न्यानोपन संस्थाका अध्यक्ष क्याप्टेन बिजय लामाको सहयोगमा  बिपन्न घरपरिवारलाई  एक बोरा चामाल, दाल, तेल, नुन लगायतका खाद्यन्न बितरण गरिएको समाजसेवी राम बहादुर तामाङले जानकारी दिनु भयो । सोताङका ३३ घरपरिवारलाई समाजसेवी तामाङले ब्यक्तिगत खर्चमा त्रिपाल खरिद गरेर बितरण गर्नु भएको थियो ।   नेता तामाङले २०७२ सालमा आफ्नो नेतृत्वमा सेतीदेवी मन्दिर निमार्ण गर्नु भएको थियो भने २०७७ सालमा ब्यक्तिगत खर्चमा गणेश मन्दिर बनाउनु भएको जानकारी दिनु भएको छ । 


, , , , , , , , , , , , , , , , , , ,