अरबौँको क्षति भयो, हामी उठ्न बर्षाैँ लाग्छ ः मेयर अर्याल

सिन्धुपाल्चाकको हेलम्बु र पाँचपोखरीका फरक दुुई नदिबाट उर्लिएको बाढीले मेलम्चीमा मानवीय क्षतिसहित अरबौंको क्षति गराएको छ । 



बाढीले संयौं घरटहरा, कृषि फर्म, सवारी साधन, सडकलगायत संरचना बगाएको हो । बाढीले मेलम्ची नगरपालिकाको पर्यटन समृद्धिको आधार बहुप्रतिक्षित सिटि पार्क क्षणभरमै विलय भएको छ। १२ करोड लगानीमा निर्माणाधिन सिटि पार्क उद्घाटन तयारीमा थियो । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बगाएको छ । यसै सन्दर्भमा मेलम्ची नगरपालिकाले बिपदको समयमा के गर्दैछ, नगरपालिकमा के कति क्षति भयो , अबको योजना के छ भनेर मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्याल सँग लोकप्रिय समाचारको लागी    रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले गर्नु भएको कुरा कानी ः 

मेलम्चीमा जुन बाढी आयो, मेलम्चीको यो घटना कुनैदिन महसुस गर्न पर्ला भनेर कुनै दिन सोच्नुभएको थियो ?

मेलम्ची र इन्द्रावती नदिको हामी निर्वाचित भएर आएपछि यसको १०० बर्षको इतिहाँस हेरेर यो खोलाको नेचर लाई हामीले अध्ययन गर्याैँ । अध्ययनको आधारमा हामीले नदि किनारका मापदनण्डहरु पनि तय गरेका छौँ । त्यो तयार पारेको अध्ययन प्रतिवेदनको आधारमा मापदण्ड राख्योँ त्यो अहिले फेल भयो । यसको अर्थ के हो भने हामीले यस प्रकारको बाढी भेल आउँछ भनेर कल्पना पनि गरेका थिएनौँ । यो अकल्पनिय ढंगले बाढी आयो । हामीले मापदण्डका आधारमा घरहरु बनाएका छौँ, बसपार्क बनाएका छोँ , ग्रीन सिटि पार्क बनाएका छोँ, फोहोर ब्यबस्थापन केन्द्र बनाएका छौँ । यसले पनि के बताउँछ भने यस खालको बाढी आउँछ भनेर कसैले पनि कल्पना नगरेको भयो ।

भन्न खोजेको, मेलम्ची नगरपालिकाको हेराई चाहिँ दुरदर्सि जस्तो देखिएन कि के हो यो ?

हैन , हामीले १०० बर्षको नदिको नेचर हेरेर अध्ययन गरेपछि त्यो अध्ययनको आधारमा हामी अगाडी बढेको हो ।

सिन्धुपाल्चोक आफैमा रिस्क छ भौगोलिक हिसाबले, बेलाबेलामा प्रकृतिक बिपत्तिले सताइरहने जिल्ला, नदि किनारको बस्ती । २०० मिटर मात्रै मापदण्ड राख्ने भनेको रिस्क होनी हैन ? 

त्यहित मैले तपाइलाई भनेनी, हामीले १०० बर्षको इतिहाँस हेरेर काम गरेका हौँ । हामीले के लाई आधार बनाउने । त्यस कारण हामीले भनेका हैनौँ, प्रबिधिकले अध्ययन गरेको रिपोर्टको आधारमा भनेका हौँ । र अहिले जति पनि घरहरु डुवानमा परेका छन त्यो मापदण्ड बिपरित छन, ति नक्सा पास भएका छैनन । त्यसैले अहिले पनि उनिहरु नक्सा पासको प्रकृयामा आएको तर नक्सा पास नभएको , खुरुखुरु घर बनाएको स्थीति पनि छ । हामीले घर नै नबनाउ भनेर रोक्ने त्यस खालको परिस्थिति भएन किनभने भुकम्प पछि हामीहरु निर्वाचित भयौँ र जसरी भएपनि छिटो भन्दा छिटो घरबास बन्नुपर्छ भन्ने हाम्रो निति रह्यो । त्यसैले हामीले वडा वडामा पनि नक्सा पास बाट आउने पैशालाई पनि निशुल्क गरेर हामीले मेलम्ची नगरपालिकाका घरहरु बनाएका छौँ ।

मेलम्ची नगरपालिकाले मंगलबार रातीको बाढीदेखि अहिले सम्मको स्थितिमा आइपुग्दा हामीले के कती क्षती भएको आँकलन गरेका छौँ ? के कस्तो बिबरण आएको छ ?

अब अहिले नै क्षतिको कुरा गर्दाखेरी हामीले यसलाई अलिकती मसिनै ढंगले कुरा गर्नुपर्न हुन्छ । अहिले हाम्रा घरहरु डुबेका छन, घरहरु बगाएका छन , गोठहरु बगाएका छन । मेलम्ची नगरपालिकाले बनाएका संरचनाहरु बगाएका छन , ध्वस्त भएका छन । तयसेले अहिले ठ्याक्कै यति भन्न सकिने अवस्था छैन । त्यसैले अहिले हामीले प्रथम चरणमा तथ्याङक संकलन गर्दैछौँ र कम्तीमा पनि अहिले हामीले मानीसहरुको संख्या कति छ, कति परिवारका छन, आफ्नो घर भएका कति छन, डेरामा बस्ने कतिछन, उनिहरको घरभित्र केके सामान थियो, के के नोक्सान भयो । यस हिसाबले अहिले हामीले अध्ययन गर्दैछोँ । त्यसैले अध्ययन सकिसकेपछि यसको यकिन भन्न सक्ने अवस्थामा पुग्न सक्छौँ । र त्यहि पनि यो हाम्रो पहिलो चरणको तथ्याङक संकलन गर्दैछौँ, हाम्रो जमिनको हिसाबले कति नोक्सानी भयो भन्ने त्यो जमिनको हिसाब आउँदैन । कस्को कति जमिन नोक्सान भएको छ त्यो दोस्रो चरणमा लिन्छौँ ।

भनेको यसलाई पैशामा रुपान्तरण गर्दा अरबौँको क्षति भयो भन्न सकिन्छ ?

सकिन्छ, अरबौँको क्षति भएको छ ।

जमिन कतिजति कटान भयो केहि अनुमान गर्न सकिन्छ ? किनभने तपाइले बर्षैदेखि देख्दै आएको भुगोल हो । 

मेलम्ची नगरपालिकामा हामीले भन्दा, जति अहिले नोक्सान भएको छ , नोक्सानको हिसाबले भनेको त झण्डै हाम्रो दस हजार रोपनी जति नोक्सान भएको छ । मेलम्ची नगरपालिका भित्रको कुरा गर्दा खासगरि यो मेलम्ची र इन्द्रावती नदि किनारमा भएको एकै ठाउँको कुरा गर्नेहो भने १ हजार रोपनी पनि नोक्सानी भएको छ । हामीले १३ नं वडामा सामुहिक खेती सुरु गरेकाछौँ त्यो पनि अहिले डुवानमा परेको छ । यसरी हेर्दा हाम्रो धेरै जमिन नोक्सानी भएको छ ।

घरहरु चाहिँ कति नोक्सानी भएको छ केहि अनुमान ?

डुवानमा परेको घरहरु चाहिँ १५० घरहरु छन भन्ने अनुमान गरिएको छ । हामीले बनाएको कबर्ड हल पनि बगाएको छ, घाट पनि बगाएको छ । देख्न सकिने अवस्थामै छैन ।

हामीले मेलम्ची हेर्दा एक प्रकारको बगर नै भयो । यसलाई पुन प्रयोग गर्न सकिन्छ ? के अनुमान गर्नुभएको छ ?

यसलाई मैले के भन्छु भने हामी यसको १०० बर्ष सम्मको नदिको पकृति के थियो भन्ने अनुमान गर्याैँ । प्राबिधिक बिज्ञहरुले नै हेरेको हो । अहिले आएर त्यो फेल भएको छ । अहिले हामीले जसरी मापदण्ड बनाएका छौँ, त्यो अब हामीले परिवर्तन गर्नुपर्छ । 

त्यो भनेको चाहिँ अहिले मेलम्ची नदि किनारमा रहेको बस्ती छ खासगरि नयाँबस्ती भनेर चिनिएको छ । त्यो बस्ती अब त्यहाँबाट हट्छ कि के हुन्छ ? 

मापदण्ड बनाउँछौँ, त्यसको आधारमा अघि बढ्छौँ ।

यो प्राकृतिक बिपत्ति नआउनु आइसक्यो, तपाईको प्रथम योजना चाहिँ के हो अव ? उद्धार त सकिन्छ , त्यसपछि ?

अहिले पनि हाम्रो उद्धारको काम चलिरहेको छ र सबैभन्दा पहिले उहाँहरुलाई सुरक्षित राख्ने अहिले तत्काल, सुरक्षित राखिसकेपछि गाँसबासको ब्यबस्था गर्ने अहिले अस्थाइ ढंगले । त्यसपछि क्रमस उहाँहरुलाई पुनर्वासको लागी अगाडी बढ्छौँ ।

बाढीले जतिको घर बगायो यसको जिम्मेवार त नगरपालिका पनि हो । किनकि नगरपालिकाले त्यहाँ घर बनाउन योग्य छ भनेर नक्सापास गरिदिएर त घर बनेका हुन । तसर्थ अब तपाइहरुको जिम्मेवारी के हुन्छ जसको घर बगायो, बस्नका निम्ती योग्य छैन ? 

कुरा के हो भने जिम्मेवारी हामीले लिनपर्छ । तर अहिले जति पनि घर डुबेका छन त्यो डुबेका घरहरु नक्सापास भएर बनेका छैनन । त्यो हामी निर्वाचित हुनु भन्दा अगाडी बनेका घर हुन । झण्डै २०० बर्ष अगाडीको बस्ती पनि हो यो । बिपद आउँदा कहिलेकाहिँ यस्तो हुन्छ , अब हामी एउटा सिस्टममा ल्याउने र त्यो सिस्टममा उहाँहरुलाई राखेर अगाडी बढ्ने हामी प्रयत्न गछौँ । 

ज जस्को घर बग्यो उनिहरुको पुनस्थापनाको लागी कतै कुनै ठाउँ हुन्छ भनेर सोच्नुभएको छ ?

हामी उहाँहरुलाई एकै ठाउँमा लगेर राख्न चाहन्छौँ । तर हामीले के पाएका छोँ भने सबै मानिसहरुको एकै ठाउँमा बस्न रुची हुँदैन । त्यसो नहुँदा हामी उहाँहरु संग सल्लाह गर्छाैँ र अगाडी बढ्छौँ । 

यो बाढीले हाम्रो के के कुरा गुमायौँ जुन कुराले हामीलाई अहिले सकस छ ?

हामीले बनाएका संरचनाहरु सबै समाप्त भए । मानिसहरु घरबारबिहिन भएका छन । यो भन्दा दुखद के हुन्छ र ? हामी निर्वाचित भएपछि समृद्ध नगरपालिका बनाउनको लागी हामीले सुरु गरेका सबै योजनाहरु ध्वस्त भए । हामीले सामुहिक खेती, कबर्ड हल, २ वटा पक्कि पुल र २ वटा झोलुङगे पुल, बसपार्क र फोहोरमैला ब्यबस्थापन केन्द्र सबै गुमायौँ । हामीले गरेका कामहरु प्राय सबै ध्वस्त भयो । मेलम्ची नगरपालिकामा सडकको हिसाबले ५ वटा वडा सम्पर्कबिच्छेद भएको छ । मेलम्ची नगरपालिकाको ६,७,८,९,१० नं वडा सम्पर्कबिच्छेद भएको छ । हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका संग पनि सम्पर्कबिच्छेद भएको छ ।

यो बाढीले मेलम्ची कति बर्ष पछि धकेलियो जस्तो लाग्छ ?

हामी यस बाढीको कारणले गर्दा १० बर्ष पछि धकेलियौँ जस्तो लाग्छ ।

अब हामी उठ्नको लागी कति समय लाग्ला ?

हामी उठ्नको लागी समय लाग्छ । जस्ताको तस्तै भन्दा पनि यसलाई हामीले निति निर्माणमा पनि परिवर्तन गर्न पर्छ । हामीले नदि किनारको, सडकको मापदण्डलाई ब्यबस्थित गरिसकेपछि कम्तीमा पनि ५ बर्षमा यसलाई ब्यबस्थित गर्छाैँ जस्तो लाग्छ । 

 अन्तमा केही  छ की ? 

मैले  भन्न भन्दा पनी सबैले देखेको छ गत बर्ष जुगल बाह्र्बिसेलगाएत सिन्धुपाल्चोकलाइ  ठुलो समस्यामा पारेका  थियो यस बर्ष मेलम्ची हेलम्बुलगाएत प्राय सबै पालीकालाइ बाढी पहीरोले पिडीत बनाएको छ । यस्तो दुखद घडीमा देश बिदेसबाट सान्त्वना दीनु हुने खाश गरि यस क्षेत्रमा परेको पिडालाइ मलम लगाउँन सहयोग गर्नु हुने सबैलाइ लोकप्रिय समाचार मार्फत धन्यबाद दिन चाहान्छु । 


, , , , , , , , , , , , , , , , , , ,