बिज्ञापन बोर्डद्धारा अबैध बिज्ञापन हटाउँन निर्देशन


सञ्चार तथा सुचना प्रबिधी मन्त्रालय बिज्ञापन बोर्डले नेपालमा केहि समययता डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको  भन्दै यस्तो कार्य तत्काल बन्द गर्न बिज्ञेप्ती मार्फत अनुरोध गरेको छ । बिज्ञापन बोर्डले आइतबार  निकालेको बिज्ञेप्तीमा  वान एक्स वेट (जततउकः÷÷ज्ञहदभत.अयm÷) को नाममा विभिन्न डिजिटल प्लेटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने सम्वन्धी विज्ञापन दिई कारोवार भईरहेको जानकारी बोर्डमा प्राप्त हुन आएको छ । यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५को उपदफा (ज्ञ) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु वन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोशनल भिडियोहरु डिजिटल प्लेटफर्मवाट हटाउन सूचित गरिन्छ । अन्यथा कानून बमोजिम कारवाहि हुने जनाएको छ ।सञ्चार तथा सुचना प्रबिधी मन्त्रालय बिज्ञापन बोर्डका प्रबक्ता दिनेश लेखक द्धारा जारी प्रेस विज्ञप्ती मा  यस्तो जनाइएको हो ।


,