पुर्व मन्त्रि बस्नेतद्धारा धुस्कुनका अग्नि पिडितलाई आर्थिक सयोग

कुमार बस्नेत(अधिराज)

सिन्धुपाल्चोक  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले त्रिपुरा सुन्दरि गाँउपालिका वडा न ३ धुस्कुनका अग्नी पीडितलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभयएको छ । 


पुर्ब मन्त्री  बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गापा–३ धुस्कुन चाम्बोटेका अग्नी पीडित मनकुमारी घलेलाई नगद १० हजार, जस्तापाता , सिरक, डस्ना, सिरानी, ओछ्याउने फम, चामल, दाल, चिनी, तेल र त्रिपाल राहत हस्तान्तरण गर्नु भएको हो। । सो अवसरमा उहाँले घलेलाई सानो घर बनाउने वचन पनि दिनुभयो ।आगो बिद्धुत सटई आगलागि हुँदा घलेको घर पुर्न रूपमा क्षेति भयको थियो। 

कांग्रेस खेलकुद विभाग प्रमुखसमेत रहेका बस्नेतले धुस्कुन पात्लेमा रहेको आइशोलोसन सेन्टरमा रहेका बिरामीका लागि ७ क्रेट अण्डा, ८ पिस हर्लिक्स, एक बोरा चनाका साथै अति अशक्त पात्लेका दुई परिवारलाई खाद्यान्न सहयोग गर्जुभएको हो । नगद तथा सामग्री सहयोग र संयोजन कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले ब्यक्तिगत गर्नुभयको हो । 


सो कार्यक्रममा नेत्र थापा, युधिर पौडेल, निमादोर्जे तामाङ, युबाखर सापकोटा, सुकुमान तामाङ, पदम तामाङ, बिमल पहरीलगायत उपस्थितीमा राहात बाडिएको क्षेत्रिय सभापति बस्नेतले बताउनु भयो।

, , , , , , , , , , , , , , , , , , ,