युवा नेता लामाद्धारा पिडित बालबालिकालाई नगद हस्तान्तरण , कक्षा १२ सम्मको पढाई खर्च ब्योहोर्ने वचन

कुमार बस्नेत (अधिराज)


नेपाली काँग्रेस युवा नेता थुप्तेन लामाको नेतृत्वमा बिहिबार हेलम्बु २ गणेशे बगरमा रहेको  बाढि पिढितहरुको अस्थायी सेल्टरमा पुगेर बाढीमा दुवै अभिभावक घुमाएका दुई बालबालिकालाई नगद १० हजार सहित ब्लान्केट, चामल, ग्यास चुल्हो सेट लगाएतको सामाग्री बितरण गरिएको छ । 



 सोअबसरमा यदि स्थानीय सरकारले नहेरेमा उक्त बालबालिकालाई कक्षा १२ सम्मको पढाईका लागि पढाई खर्च ब्योहोर्ने वचन समेत लामाले दिनु भएको छ । त्यस्तै अहिले सम्म राहत नपाएका हेलम्बु चालिसेका ८ परिवारलाई  ग्यास सिलिन्डर, चुल्हो सेट, ब्लान्केट,  चामल, तेल, साबुन, सेनिटरी प्याड, मास्क र ५ सुत्केरी परिवारका लागि ब्लान्केट, चामल, तेल, साबुन, सेनिटरी प्याड, मास्क लगाएतको सामाग्री पनि प्रत्यक्ष रुपमा पीडित बसोबास गर्ने ठाँउमा नै पुगेर वितरण गरिएको छ ।   जहाँ पुगेर पीडित विस्थापित आमाबुबा, दिदिबहिनी र दाजुभाइहरुको वास्तविक पीडा बुझ्ने मौका पाएको लामाले बताउनु भयो । यस अघि  द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन टिमबाट मेलम्चीमा १२ लाख बराबरको खाद्यान्न र हेलम्बु गणेशे बगरमा करिब ४ लाख बराबरको खाद्यान्न हस्तान्तरण गरिएको थियो ।





, , , , , , , , , , , , , , , , , , ,