गोल्मेमा खानेपानि डिप बोरिङ सफल

कुमार बस्नेत (अधिराज)

सुनकोसि गाँउपालिका वडा न ६ थुम्पाखर को १९७५ मि उचाईमा रहेको गोल्मेमा खानेपानि डिप बोरिङ सफल भएको छ।


डिप बोरिङ सुरू गरेको चौथो दिन सोमबारबाट पुर्ण रूपमा पानी आउन सुरू भएको छ। १६५ फिट गहिर्याईबाट पानी आउन सुरू गरियको उक्त पानी २३० फिट गहिर्याई सम्म पुगेकाे छ। सोमबार पानि निस्किय पछि सुनकोशी गाउँ पालिका प्रमुख श्रवण कुमार जि सि बिनोद सुनकोशी ६ का वडा अध्यक्ष राम कुमार थापा लगायत को टोलि गोल्मे पुगेर अनुगमन तथा निरिक्षण गर्नु भयको हो।

पालिका अध्यक्ष जि सि ले सुनकोशी गाउँपालिका १,२ र ६ न वडामा गरि तीन ओटै ओडामा खानेपानि डिप बोरिङ सफल भयो । यो खुसिको कुरा हो ।अब अरू वडामा पनि खाने पानिको समस्या भयको ठाँउमा यस्ता खालको योजनाहरू हाल्ने बताउदै थुम्पाखर गोल्मे बासिको अथक दुखले यो सफल भयको हो उहाँहरूको सुख दुखमा सँधै साथ रहने अध्यक्ष जि सि ले बताउनु भयो । वडा अध्यक्ष थापाले गोल्मे डिप बोरिङ सँगै थुम्पाखरमा खानेपानिको समस्याबाट छुटकारा पाउने बताउदै यश डिप बोरिङ सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सयोग पुर्याउने सबैलाई थापाले धन्यवाद दिनु भयो।

गोल्मे बासिले अब पनिको गाग्री बोकेर १ घण्टा को बाटो हिड्न नपर्ने खनेपानि सँगै तरकारि बालि समेत लाई उपयोगि हुने। गोल्मे मात्र नभएर थुम्पाखर बासिलाई नै लाभ पुग्ने योजना सफल बनाई पालिका प्रमुख जि सि र वडा अध्यक्ष थापाले हाम्राे गोल्मे बासिलाई ठूलो गुण लगाउनु भएको समेत थुम्पाखर गोल्मे खानेपानी योजनाका अध्यक्ष भक्त बहादुर तामाङले बताउनु भयो।

, , , , , , , , , , ,