थुमपाखर गोल्मेमा खानेपानी डिप बोरिङ सिल्यान्यास सम्पन्न

कुमार बस्नेत (अिधराज)

सुनकोशी गाउँपालिका वडा न ६ गोल्मे स्थित खानेपानी डीप बोरिङ सिलान्यास सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण कुमार जि सि (बिनोद) र सुनकोशी ६ का वडा अध्यक्ष राम कुमार थापाको समन्वयमा 


पालिकाको ०७७÷०७८ को बजेटबाट  बिनियोजित रु. ३० लाखमा थुमपाखरको उच्च भाग समुन्द्रिय सतह बाट १९७५ मिटर उचाईमा रहेको गोल्मेमा  डिप बोरिङ सुरू गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी सुनकोशी गाउपालिका अध्यक्ष श्रवण कुमार जि सि विशेष अतिथी ६ नं. वडा अध्यक्ष राम कुमार थापा अतिथी ६ नं वडा सदस्य रूप काजी लामा लगायत सामजसेबी युवाहरू र गोल्मेका स्थानीयबासीको उपस्थिति रहेको कार्यक्रममा 

सभापतित्व भने थुमपाखर गोल्मे खानेपानी डिप बोरिङ उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर तामाङले गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथी श्रवण कुमार जि सि ले यो महामारीमा पनि अहोरात्र खटि गोल्मे खानेपानीको काम सुरू गरेकोमा गोल्मेबासिलाई धन्यबाद दिदै गत बर्ष सुनकाशी १ र २ ठोकर्पामा जस्तो सुख्खा डाँडामा दुई वटा  खानेपानी डिप बोरिङ परिक्षण सफल भएको र ठोकर्पामा १ घर १ धारा अबधारणा अनुसार त्यहाँका जनताले सुबिधा लिईरहेको र यो सुनकोशी ६ गोल्मेको तेस्रो डिप बोरिङ पनि सफल हुने बताउनु भयो । सुनकोशीको बिकासमा कुनै कमि नगराउने सुनकोशी का जनताको माग अनुसार ७ ओटै वडामा आबस्यक बजेट बिनियोजित गरि खानेपानी, मोटर बाटो, पुल वडाको आबश्यक्ता अनुसार सबैवडामा बिकासको काम गर्ने १४ किलो देखि गोल्मे सम्मको मोटर बाटो पनि आफ्नै कार्कालमा सम्पन्न गर्ने अध्यक्ष जि सि ले बताउनु भयो । बिसेष अथिति वडा अध्यक्ष  थापाले आफ्नो पहल र पालिका अध्यक्ष जि सि को सयोग मा धरै बिकासे योजनाहरू गर्दै आयको जनाउदै गत बर्ष पुर्ब मन्त्री मोहान बहादुर बस्नेत को पहलमा ISAP खानेपानी पहुँच सुधार आयोजना ले १६ किलोमिटर माथि सिक्रे मा मुहान किनी १ घर १ धार अबधाराना अनुसार थुमपाखरको लागि खानेपानिको कमी नहोस भनी लप्से , निङग्रे,गोल्मे लगायतको ठाँउहरूमा ३०÷३० हजार लिटर को पानि ट्याङ्की पनि निर्मान गरिएको र यश गोल्मे खानेपानी डिप 

बोरिङ ले ६ न वडाका ७÷८ सय घर धुरिका जनताले  खानेपानि,सिंचाइ ,कृषि मा समेत सुबिधा पुग्ने थापाले जनउनु भयो । अथिति वडा सदस्य रूप काजी लामाले हाम्रो पहल र जनताको अबश्यक्ता अनुसार पालिका अध्यक्ष जि सि र वडा अध्यक्ष थापाको सम्योनयनमा सुनकाशसी ६ मा धेरै  बिकास भएको र सुख्खा डाडामा  डिप बोरिङ  गरि नसोचियको ठाँउमा खानेपानीको सुबिधा पाउँदा धेरै खुसि भएको बताउदै कोरना महामारी र बर्षायमको बेला पनि धेरै  दुःख गरेको मा गोल्मेका युवाहरूलाई  सदस्य लामले धन्यवाद दिनुभयो । थुमपाखर गोल्मे खानेपानी डिप बोरिङ का अध्यक्ष भक्त बहदुर लामाले सदियौ देखि गोल्मेमा खानेपानीको समस्या छ खानेपानीकै कारण गोल्मेको जनता बसाइँ सरेर डाँडापाखर,टिमुरे ,लगायत विभिन्न ठाँउमा जन बाध्यता भएको छ । ५४÷५५ साल देखि नै विभिन्न पार्टिले खानेपानी ल्याई दिन्छौं भनी चुनाबी एजेन्डा बनाएर । पटक पटक भोट लिएर धोका दिए हामिले भोट दियका नेता कोहि प्रदेश सरकारमा छन् कोहि केन्द्रीय सरकारमा छन् । तर कसैले हाम्रो मर्म बुजेनन् तर आज आएर पालिका अध्यक्ष जि सि र बडा अध्यक्ष थापाले यो सम्भव बनाउनु भयो हामी गोल्मे बासिलाई भगवन नै भेटे जस्तो भयो । यो खानेपनी सम्पन्न भए पछी गोल्मेका जनतले खानेपानी मात्र नभएर सिंचाइ तरकारी बाली लाई कृषी मा समेत टेवा पुग्ने छ । कोरोना  महामारि मा पनि डिप बोरिङका लागि सामान ढुवानि गराउन पालिका अध्यक्ष र वडा अध्यक्ष ले सहयोग गर्नु भयो र १४ कि मि बाट गोल्मे डिप बोरिङ पुग्न ३ कीलोमिटर छ । बाटो साँघुरो तेस माथी पनि पानी परेकोले गाडि फसे र गोल्मेको युव साथिभाइ आमा बुबा सबै मिलेर ३ दिन लगायर १० चक्के सामन भयको गाडि ठेल्ने डोरि लगाएर तान्ने धेरै दुःखको साथ कार्य स्थल पु¥याउन सफल भयौ यसमा योग पु¥याउने सबैलाई धन्यवाद भन्दै दुःख भए पनि काम भएकोमा गोल्मे बासी खुसि भएको डिप बोरिङ का अध्यक्ष भक्त  बहादुर तामाङ ले बताउनु भयो ।

, , , , ,