बाढिले राजमार्ग टुटेपछि तुइनमा सामान ओसार्दै, कोदारीबासि ।।

रामचन्द्र बस्नेत ।

सिन्धुपाल्चोक , बर्षातको मौसम सुरुभए देखि नै अघिल्लो बर्ष  झैँ सिन्धुपाल्चोकको बिभिन्न स्थानमा रहेका नदिहरुमा आएको बाढिको कारण कोदारी नाका जोड्ने अरनिको राजमार्गको बिभिन्न स्थानका सडक संजाल क्षतबिक्षत भएपछि स्थानिय युवाहरुले बैकल्पिक मार्गको रुपमा राजमार्गमा नै तुइनको ब्यबस्था गरी नाकाबाट आयतित सामाग्रीहरु भित्राइरहेका छन् । 



बाढिले अरनिको राजमार्गको जुरेदेखि बाह्रबिसे बजार हुदै कोदारी सम्मका आधा दर्जन भन्दा बढि स्थानमा सडकको अबस्था नाजुक बनाएको छ भने असार १ मंगलबार आएको बाढिले (झ्यालेभिर , डाग्लाङ्ग, मध्ये भोटेकोशि जलबिद्युत आयोजनाको ड्याम) लगाएतका स्थानहरु उच्च जोखिममा परेका छन् भने , कोदारी बजार जोड्ने स्थान र कोदारीलाइ लिपिङ्ग बजार जोड्ने पक्कि पुलमा सडक संजाल पुर्णरुपमा टुटेको छ । नेपाल चीन बोर्डर मितेरी पुलबाट केही दुरीमा रहेको कोदारी र तातोपानी बजार जोड्ने ३५ मिटर सडक खण्ड भास्सिएर खसेपछि त्यही जोड्न तुइन हालिएको हो । कोदारी स्वरोजगार युवा समाजका अध्यक्ष रमेश मगरकाअनुसार अविरल वर्षातका कारण पैदल हिड्न मुस्किल हुने भएपछि ४५ मिटरको तार जडान गरेर तुइनबाट व्यापारिक सामाग्री ओर्सान थालिएको छ  । चीनको खासाबाट तातोपानी लिपिङ हु“दै कोदारी बजारमा आएर थन्किएका दुई दर्जनभन्दाबढी कन्टेनर मेडिकल सामाग्री र फालफुल ओसारि“दै गरिएको उनले उल्लेख गरे । ‘तत्कालिन समस्यालाई टार्न तुइन प्रयोगमा ल्याइरहेका हौ, सडक सम्पर्क टुटेपछि यहाको जनजिवन अस्तव्यस्त छ, यसलाई सहज बनाउन प्रयाशरत छौ,’उनले भने । भुकम्पको चार वर्षपछि मालवाहक रुपमा संञ्चालित एकतर्फी आयात सीमावर्ती तातोपानी क्षेत्र बर्खामा उर्लिएको भोटेकोशीको कटान र बर्खापिच्छै क्षतविक्षत हुदै आइरहेको छ । केही कामदार र चालकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएपछि केही समय बन्द भएको तातोपानी नाकाको सडक पूर्वाधार र अन्य संरचना दिनहु जिर्ण बन्दै गइरहेको छ । भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले  तुइनबाट व्यापारिक सामाग्री बाहेक अरु सबै सेवा निशुल्क गरिएको बताए । ‘व्यापारिक बाहेक अन्य सबै निशुल्क गरिएको छ, यात्रुलाई तार्न र सडक ,पुल जोगाउन सबै व्यापारी मिलेर त्रिपाल ओडाएर प्रयाश गरेका छौै,’उनले भने ।  







, , , , , , , , , , , , , , , , , , ,