सिन्धुपाल्चोकमा संक्रमित दर ३ हजार नाघ्यो

लोकप्रिय समाचार

कोरोना भाइरसको दोस्रो लहर चले सँगै सिन्धुपाल्चोकमा पनि संक्रमित दर बडेको छ ।  बुधवार मात्र  १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमण बाट १ जनाको मृत्युु भएको छ ।  बुधवार सम्म ३ हजार २४ जना संक्रमित पुगेको छन् ति मध्ये ३ सय ७५ जना निको भइ डिस्चार्ज भएका छन् । दोस्रो लहरमा सुरु भए देखी मात्रै २३ जनाले ज्यान गुमाएका छन् ।  संक्रमित हुनेमा १ हजार ३ सय ३५ महिला र १ हजार ६ सय ८९ पुरुष रहेको र निको हुनेमा १ सय ७३ महिला र २ सय २ जना पुरुष रहेको स्वास्थ कार्यालय , सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताउनु भयोे । कोरोनाको दोस्रो चरणमा ९ जना महिला र १४ जना पुरुषका मृत्यु भएको हो । संक्रमित हुनेमा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकाका रहेका छन् । चौतारामा मात्रै ५ सय १५ महिला र ६ सय ८ पुरुष सहित १ हजार १ सय २३ जना संक्रमित पुगेका छन् । नगरपालिकामा १ सय ९६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, चौताराले  जानकारी दिएको छ ।