सिन्धुपाल्चोकमा ठुलो बिपत्ती स्वास्थ्यमन्त्री तामाङ्ग र नेता बस्नेतद्धारा उद्धारमा जुटन आग्रह

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएकोखबर प्राप्त भएको छ । 


 यस सम्बन्धमा स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ्गले दुख ब्यक्त गर्दै तत्काल का लागी कँहा के समस्या परेको  त्यस समस्या समधानका लागी सबैएक भएर लाग्न अनुरोधध गर्नु भएको छ । उँहाले अबीरल बर्षको कारण आएको बाढीले,  मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पू¥याएको छ । 

यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले  आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु । अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथदिन अपिल गर्दछु भन्नु भएको छ ।  उँहाले ढडछज्ञण्द्धण्डद्दज्ञ मा आफुलाइ वा स्वकिय निर्मल बन्जारा को ढडछज्ञज्ञठछघज्ञण् नं मा सम्पर्क गरि  आफुलाइ परेको समस्या भन्नका लागी अनुरोध गर्नु भएको छ । उँहाले तत्काल सहयोगका लागी तैयारी अबस्थामा रहेको समेत बताउँनु भएको छ । यसै गरि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले यस्ता बिपदमा आइ लागेकोमा दुख ब्यक्त गर्दै  तत्काल उद्धारमा सहभागी भइ समस्यामा परेका जो कोइलाइ पनी सहयोग गर्न सबै कार्यकर्ताहरुलाइ अनुरोध  गर्नु भएको छ । उँहाले जिटील अबस्थामा  स्थानीय प्रशासन र जनप्रतिनिधि हरुसंग प्रत्यक्ष सम्पर्कमा रही आफुलाइ परेको समस्याका बारेमा जानकारी दिन  र जानकारी प्राप्त हुन साथ तत्काल सहयेगर्न सम्बन्धीत पक्षलाइ अनुरोध गर्नु भएको छ ।  यो समाचार तैयार पार्दा सम्म नाकोटे पुल,मेलम्ची खानेपानीको हेडवक्स,तिम्बु बजार,चनौटे बजार,आर्मी क्याम्प,ससस्त्र क्याम्प,मेलम्ची पक्की पुल,मेलम्ची झुलुङय पुल,खोला किनारका ८ माछा फर्महरु,खेती योग्य जमिन,मेलम्ची बसपार्क लगायत सम्पूर्ण बगाएको समाचार प्राप्त भएको छ भने ,मानवीय क्षतीको वास्तविक विवरण आएको छैन,मेलम्ची खानेपानीका कामदार हरु लगाएत तिम्बुदेखि मेलम्चीबजार सम्मका २० औं  जना स्थानीय पनि सम्पर्क बिहीन भएको छ भने केही घरको चारै तिर बाट नदीले घर घेरीरहेको छ । यस अबस्थामा  समेत हेलीकप्टरको प्रयोग हुन पर्नेमा अहीले सम्म नभएको प्रती स्थानीय हरु आक्रोसित बनेका छन । सिन्धुपान्चोकको हेलम्बुदेखि उर्लिएर नदि किनार करिडोरमा बितण्डा मच्याउँदै आएको बाढीले सदरमुकाम चौतारा जोड्ने पक्कि पुल समेत बगाएको छ । राति करिब पौने २ बजेको समयमा चौताराबाट नवलपुर हुँदै सवारी बाट मेलम्ची जोड्ने पुल बाढीले भत्काएको हो ।यो संगै बाढीले गरेको प्रारम्भिक क्षतिहरुमा हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्महरु, खेती योग्य जमिन, आमा ह्योल्मो बसपार्क, सिटि पार्क रहेको स्थानीयले जनाएका छन् ।मानवीय क्षति सहित मेलम्चिमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरि अर्बौं को क्षति भएको स्थानीय सिपी दुलालले बताउनु भयो ।मानवीय क्षतीको वास्तविक विवरण आएको छैन्। मेलम्ची बाढीबाट बिस्थापित भएकाहरू अधिकांशले रात भर खुला आकाशमा बिताएका छन् । बाढीको जोखिम झनै बढेपछि सुरक्षित स्थान खोज्दै बिस्थापितले रात कटाएका छन ।अविरल बर्षाका कारण उर्लदों खोलाले घर कटान गर्ने सम्भावना भएकाले नदि करिडोरका बासिन्दा माथि माथि सरेर ज्यान जोगाउनेतिर लागेका हुन् । ग्याल्थुमवासी पनि भागदौडपछि बस्तीमाथि सरेका छन् ।मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन ।स्थानियका अनुसार मेलम्चीवासीले आजको रात ज्यान जोगाउन नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसलाई रात कटाउने थलोका रूपमा लिएका छन् । बाढीले दर्जनौं बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिद्युत आपुर्ती बन्द भएकाले उद्दार गर्न सकिएको छैन । कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन । वर्षा नथामिएकाले समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । हेलम्बुमा रहेको प्रहरी कार्यालय भवनसम्म बाढी पसेको छ । सडकहरू बगाएको स्थानीयले जानकारी दिएका छन । मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाईनिज क्याम्पमा समेत बाढी पसिसकेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो ।घटनाको थप बिस्तृत विवरण अझै आउन बाँकी छ ा साझ पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं घ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथी भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो । उता हेलम्बु गाउँ पालिका १ मेलम्ची खानेपानी मुहान माथी नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।