परियारको निधनमा कांग्रेसको शोक विज्ञप्ति

पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता कृष्ण सिंह परियारको ६८ वर्षको उमेरमा  शुक्रबार विहान मृत्यु भएको छ । 


 स्व. परियार कांग्रेसको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो  लोकतन्त्र स्थापनाकालागि भएका हरेक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका स्व. परियारको  मृत्युले मर्माहत तुल्याएका भन्दै नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले शोक विज्ञप्ति निकालेको छ । प्रमुख सचेतक अनिता देवकोटाद्धारा निकालिएको उक्त विज्ञप्तिमा  पूर्व सांसद एवं नेपाली कांग्रेसका नेता कृष्ण सिंह परियारको ६८ वर्षको उमेरमा आज विहान भएको दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ । लोकतन्त्र स्थापनाका लागि भएका हरेक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका स्व. परियार वि.स. २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित हुनु भएको थियो । पार्टीको विभिन्न तहमा रहेर संगठन विस्तार तथा सुदृढिकरणमा सदैव क्रियाशिल नेता परियारको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको छ । उहाँकोे निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चीरशान्तिको कामनाका साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । भनिएको छ ।

, , , , , , , , , , , , , , , , , , ,