मेलम्चीका बाढिपीडितलाई विश्व हिन्दू परिषद नेपालको सहयोग

 समग्र देश कोरोना महामारी प्रकोपसँग जुधिरहेकै अवस्थामा मेलम्चीबासी प्राकृतिक प्रकोपका कारण थप संकटमा परेको छ । 



पानीका कारण सधैं चर्चामा आइरहने मेलम्ची यसपालि पानीकै कारण अकल्पनीय त्रासदीमा परेको छ । मेलम्ची नदीमा मिति २०७८ असार १ गते (१५ जून २०२१), मंगलबार राति आएको बाढी बस्तीमा पस्दा दर्जनौ परिवार बेघर भएको छ । बाढीले ठुलो जनधनको क्षती भएको छ । यस प्राकृति आपताका कारण समस्यामा परेका मेलम्चीबासीको सहायताका लागि विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ, समर्पणले संयुक्तरूपमा राहत एवं उद्यार कार्य शुरु गरेको छ ।

विश्व हिन्दू परिषद नेपाल, एकल अभियान नेपाल एवं लायन्स क्लव अफ काठमाण्डौ समर्पणका संयुक्त राहत टोलीले शनिबार मेलम्चीका बाढिपीडितलाई सहयोग एवं राहत स्वरुप निम्न सामग्रीहरु उपलब्ध गराएको छ ।
 थाल 100 पिस , गिलास 100 पिस , कटोरा 100 पिस ,फ्राईपिन ५ पिस , कम्बल 100 पिस ,  प्रेसर कुकर २५ पिस ,
 त्रिपाल 122 पिस , ग्याँस चुलहा 48 पिस , छुलहा पाइप 48 पिस ,  डिनर प्लेट 72 पिस , थरमस 48 पिस , कराई ८ पिस , रासन प्याकेट 200 पिस
रासन सामाग्रीहरु प्रति प्याकेट
 चामल १० किलो , दाल २ किलो , तेल १ लिटर , चना २ किलो , सोयाबिन २०० ग्राम , चिउरा २ केजि , नुन १ पाकेट ,  बेसार १ पाकेट ,  मिक्स मसला १ प्याकेट ,  खुर्सानी १ प्याकेट ,  चाउचाउ १० प्याकेट ,  मच्छर धुप ,आगामी चरणहरुमा थप सहयोग सामग्री उपलब्ध गराउन प्रयास गरिने विश्व हिन्दू परिषद नेपालका राष्ट्रिय संगठन सचिव श्री प्रल्हाद कुमारले बताउनु भयो ।

, , , , , , , , , , , , , , , , , , ,