प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत

 

नेपाल सरकारको जेष्ठ २०गते बसेको मन्त्री परिषदको बैठकले ४ बर्षका लागी प्रेस काउन्सिलको अध्यक्षमा बाल कृष्ण बस्नेतलाइ नियुक्त गरेको छ ।


मन्त्री परिषदको बैठकले ,ह्वासिन सिमेण्ट नारायणी प्रा.लि.लाई चुनढुङ्गा उत्खनन गर्न,धादिङको कूलजम्मा ४.९८ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा २०वर्षसम्मको लागि प्रयोग गर्न स्वीकृति दिइ तहाँ रहेका जम्मा ३१२ वटा,रुखपोलहरु हटाउन अनुमति दिने निर्णय गरेको छ । यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन)अध्यादेश, २०७८ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयद्धारा जारि बिज्ञेप्तीमा जनाइएको छ । मन्त्रालयका अनुसार १७गते बसेको मन्त्री परिषदको बैठकले नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातको लागि प्रक्रिया मार्फत खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृति दिने।नेपाल नागरिकता (दोश्रो संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने। कञ्चनपुर कमला सडक (पश्चिम खण्ड) को सडकसीमा भित्रका घर टहरा हटाई जग्गा प्राप्त गर्न स्वीकृति दिने। कञ्चनपुर कमला सडक (पूर्वी खण्ड) को सडकसीमा भित्रका घर टहरा हटाई जग्गा प्राप्त गर्न स्वीकृति दिने।मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)को लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने,नेपाली सेनाका महासेनानी रबिन्द्र खत्री तथा प्रमुख सेनानी मुनाल बस्नेतको बढुवा गरी पदस्थापन गर्ने तथा सहायक रथी विनोद पाण्डे समेत पाँच सहायक रथीहरुको सरुवा गर्ने ,विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने ,मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने ,कोभिड–१९ को संक्रमणको कारणले पाठ्यक्रम तथा विशिष्टिकरण तालिका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा सैद्धान्तिक परीक्षा कार्यक्रम सञ्चालन गर्न सम्भव नभएकोले महामारीले सिर्जना गरेको परिस्थितिजन्य वाध्यताको कारण शिक्षा ऐन, २०२८ को दफा २० बमोजिम देहाय बमोजिमको आदेश जारी गर्नेः (क) शैक्षिक सत्र २०७७ को माध्यामिक शिक्षा कक्षा दशको अन्त्यमा हुने माध्यामिक शिक्षा परीक्षा (क्भअयलमबचथ भ्मगअबतष्यल भ्हबmष्लबतष्यल) को हकमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा वोर्डमा पठाउने, (ख) खण्ड (क) बमोजिम प्राप्त भएको विवरणका आधारमा राष्ट्रिय परीक्षा वोर्डले परीक्षाफल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाणपत्र जारी गर्ने निर्णय गरेको जानकारी दिएको छ । 


, , ,