ओलीद्धारा मनत्रीमण्डल पुर्नगठन सिन्धुका तामाङ्ग स्वास्थ्य मन्त्री

 

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गर्नु भउको छ । पुर्नगठीत मनत्री म०डलमा सिन्धुपाल्चोकका पुबृ मन्त्री शेर बहादुर तामाङ्ग स्वास्थ्य मन्त्री बन्नु भएको छ ।१७ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक एमालेका चार मन्त्री बन्नु भएको  भने  प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री बनाउँनु भएको छ।उपप्रधानमन्त्रीत्रयमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र सहरी विकाससहित राजेन्द्र महतो रहनु भउको छ । गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले नै राख्नु भएको छ ।  जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री  बन्नु भएको छ । 



जसपाबाट शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्नु भएको छ । राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त हुनु भएको छ ।त्यसैगरी एमालेबाट यसअघि मन्त्री  हुनु भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले निरन्तरता पाउँनु भएको छ । भने नेकपा एमालेका केन्द्रिय सदस्य एवम विघटित प्रतिनिधि सभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट  निर्वाचित साँसद शेरबहादुर तामाङ  शुक्रबार मन्त्रीमण्डल बिस्तार भएसँगै सिन्धुका शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाउँनु भएको हो ।यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका तामाङले सार्वजनिक समारोहको भाषणको एक अंश विवादित भएपछि नैतिकताका आधारमा राजिनामा दिनु भएको  थियो  ।


तामाङ को परिचय 

२०२५ साल चैत १ गते सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका तामाङ स्कुल जीवनदेखि नै तत्कालीन नेकपा माले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएर तामाङ्ग २०३६ सालमा सरस्वती मावि ग्याल्थुममा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा बसेर राजनीतीमा प्रबेश गर्नु भएको हो ।तामाङ ०४० सालमा अनेरास्ववियूको जिल्ला अध्यक्ष, २०४१ सालमा सेल कमिटी, २०४२ सालमा पाटीको सहयोग समूह, २०४७ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य हुनु भएको थियो।२०५१ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सचिव, २०५४ सालमा महासचिव, २०५९ सालमा उपाध्यक्ष भएर काम गरेका तामाङ २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव बने। २०५९ सालमा नेकपा एमाले बागमती अञ्चल सदस्य हँदै  तामाङ अहिले एमालेको केन्द्रीय सदस्य र केन्द्रिय कार्यालय सचिव  छन्। तामाङ २०६३ सालमा गुम्बा विकास समिति सदस्य सचिव समेत हुनु भएको थियो। गएको प्रतिनिधिसभामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजित गर्दै उनी दोस्रोपटक सांसद बन्नु भएको हो ।  २०६४ सालको पहिलो संविधानसभामा पराजित भएका तामाङ ०७० सालको दोस्रो संविधानसभा सिन्धुपाल्चोकबाटै निर्वाचित  हुनु भएको थियो । उँहाले मानवशास्त्र, समाजशात्र र इतिहास र कानुनमा स्नातकोत्तर गर्नु भएको हो ।


, , , ,