दुइ बिदेसी सहीत मेलम्ची बाढीको कारण मृत्यु हुनेको संख्या तीन

मेलम्चीमा दुइ बिदेसी सहीत मेलम्ची बाढीको कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । 






 जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकका अनुसार  अन्य १७ जना सम्पर्कविहिन भएका छन् ।मंगलबार साँझबाट आएको बाढी बाट मृत्यु हुनेमा दुई जना चिनियाँ र एक जना भारतिय नागरिक रहेका छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको जिल्ला प्रशासन कार्यलय द्धारा जारी सुचनामा जनाइएको हो । त्यस्तै भारतिय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोसी ७ को सुनकोसी नदि किनारमा शव फेला जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।  अब १७ जना व्यक्ति बाढीको कारण सम्पर्कविहिन भएका छन् । हेलम्बु गाँउपालिकाबाट बाढीमा परि बेपत्ता भएका २१ जनामध्ये ४ जना सम्पर्कमा आएपछि वेपत्ताको संख्या १७ कायम भएको हो । हिजो सम्पर्कमा नआएकामध्ये सिन्धुपाल्चोक जिल्ला, त्रिपुरासुन्दरी गाँउपालिका १, घोरथलीका देब खत्री, राम थापा, सुवास जिरेल र कमल खत्री काभ्रेपलाञ्चोकको धुलिखेलबाट सम्पर्कमा आउँनु भएको हो । बाढीमा परि घाइते भएका ५ जना मध्ये १ जना चिनियाँ नागरिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाढीका कारण आफ्नै घर तथा अन्यत्र धुनिएका ८० जनाको नेपाली सेनाको हेलिकप्टर तथा शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय तथा जनप्रतिनिधिको सहयोगमा उद्दार गरिएको जनाइएको छ । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १÷१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै हेलम्बु गाँउपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १्१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्कि पुल समेत बगाएको छ ।


, , , , , , , , , , , , , , , , , , ,