कोरोना महामारीमा प्रशासनको लार्पवाहि

रामचन्द्र बस्नेत

आतंकित बनाउने कोरोना महामारीले  सबै  क्षेत्रलाइ प्रभावित बनाइ रहेको बेला सिन्धुपाल्चोकको बाह्रबिसे स्वास्थ्य केन्द्रले अति नै लार्पवाहि गरिरहेको देखिन्छ । हरेक क्षेत्रमा रहेका ब्यक्ति तथा संस्थाहरु आफुले सकेको पक्षबाट


कोरोना न्युनिकरणमा लागेको बेला कोरोना पुष्टि भएको बिरामिहरु लाइ होम आइसोलेसनको बहानामा पि सि आर पोजेटिभ देखिएका बिरामिहरु लाइ पनि सामान्य बिरामिलाइ जस्तै गरी घर फर्काइएको हो । बाह्रबिसे बजार भन्दा १ कि मी टाढा सुनकोशी ( शारदा  माध्यमिक बिद्यालय )को प्रांगणमा करिव ५० जना ब्यक्तिलाई सेवा दिन सक्ने आइसोलेशन वार्ड बनेर सुचारु भइ सक्दा पनि आधा भन्दा बिरामी गाँउ घरमा सामान्य रोगका बिरामि जस्तो अवस्थामा बस्न बाध्य भएका छन् ।  यस्तै समस्याका ताजा भुक्तभोगि हुन् – बाह्रबिसे न पा ३ का आइत मान् तामाङ्ग । तामाङ्गको स्वास्थ्य अवस्था एकदमै गम्भिर भए पछि एक साता अघि उनि बाह्रबिसे न. पा. को वडा नं ९ मा रहेको स्वास्थ्य केन्द्रमा आएर कोरोना परिक्षणको लागी भनेर स्राव संकलन गराए तर, रिर्पोटमा पोजेटिभ देखिए पनि उनलाइ घरमै होम आइसोलेशनको लागि पठाइयो । जवकि, सो समयमा १५ भन्दा बढि आइसोलेशन बेड खालि नै थियो । यती मात्र होइन, उहाँलाइ वडाले निर्माण गरेको वार्डमा समेत पठाइएन । तर, शुक्रबार दिउसोबाट थप जटिलता देखिए पछि उनि र आफन्तले बिभिन्न ब्यक्तिलाई गुर्हान थाले । केहि सिप नलागे पछि जनताको लागी खाध्यन्न र मेडिकल सामाग्रि बितरणका लागी गाँउमा खटिरहेका नेपालि काँग्रेसका क्षेत्रिय सभापति बाल कृष्ण बस्नेतले आफ्नो निजि सवारीमा तामाङ्गलाइ स्वास्थ्य केन्द्रमा ल्याउदा आफुले भोगेको समस्या यसरी बताउनु हुन्छ । “हामिलाइ बारम्बार बिरामिको आफन्तले फोन गर ेपछि अत्यन्त पिडित जनतालाई खाध्यन्न र मेडिकल सामाग्रि बितरण गरेर हिडिरहेको टिम बिरामिको उद्धार गर्न पुग्यौँ  । बेलुका ३ः३०  बजे बिरामिलाइ अस्पताल पुर्याएर उनको पुरानो रिर्पाट हेर्दा हामी दंग पर्यौँ । ६ दिन अघि नै पोजेटिभ देखिएको बिरामिलाइ घर फर्काइएको रहेछ । जव त्यहाँ कार्यरत स्वास्थ्य कर्मिलाइ थाहा भयो कि तामाङ्ग संक्रमित रहेछन् भनेर त्यस पछि त्यहाँबाट यस्तो ब्यवहार देखाइयो लाग्थ्यो उनि नै यो महामारीको कारक हुन् । बिरामिको कुनै आफन्त नै नभएको बेलामा एउटा पेपरमा एक्सरे गर्न भनेर रिसिप्ट दिएर सबै लाखापाखा लागे । हतारमा निस्किएको हाम्रो टिम संग न कुनै पि पि इ सेट नै थियो न त स्वास्थ्यकर्मिले चासो देखाए । शनिवारको दिन आफ्नो ड्युटि नभएको भनेर पन्छिएका कर्मचारीहरु अस्पतालको बार्दलिमा टन्नै थिए । बिरामी आफै हिड्न नसक्ने भए पछि हामिले नै जसो तसो ज्यान जोखिममा राखेर एक्सरे कक्षमा पुर्यायौँ।” पछि मिडिया कर्मिसंगको टेलिफोन संवादमा जोडिएका उनि संवादको बिचमा नै भावुक हुनु भयो  । यत्रो महामारीमा समेत संवन्धित निकायले खासै चासो नदिदा पुरा समाज नै जोखिममा पर्न सक्ने सम्भावना भएकोले यस लाइ थप चासोको बिषय बनाउनु पर्ने सभापति बस्नेतले बताउनु भयो ।


, , , , , , ,