सञ्चारकर्मीलाई अपराधी भनेको प्रति युनियनको आपती

 बाह्रबिसे । नेपाल प्रेस युनियनले बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पाले सञ्चारकर्मीलाई पागल भनेको प्रति आपति जनाएको छ । 


युनियनका अध्यक्ष दुर्गा आचार्यले  सोमबार एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी रामचन्द्र बस्नेतलाई मेयर शेर्पाले पागल र अपराधी भनेको प्रति आपती जनाएको हो । समाचारमा चित नबुझे अन्य बाटो हुँदाहुँदै मेयर शेर्पाले नगरपालिकाको फेसबुक पेजबाट लाईभ गर्दै पत्रकार तथा कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई अपराधी भन्नुभएको थियो । गत जेठ २२ गते सञ्चारकर्मी बस्नेतले प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ड्रोन उडाएर सरोकार टेलिभिजनका लागि भिडियो खिच्नुभएको थियो। सोही कुरालाई लिएर स्वास्थ्यकर्मीहरुले मेयर र प्रहरी प्रशासनसँग कुरा राखेपछि मेयर शेर्पाले फेसबुक लाइभ गरि जथाभावी बोल्नु भएको थियो । उहाँले पत्रकारहरुले लाखौं पैसा मागेर दुख दिएको समेत उल्लेख गर्नुभएको छ । युनियनले जारी गरेको विज्ञप्तिमा सबैले आफ्नो कर्तव्य नभुले यस्ता विवादहरु नआउने समेत उल्लेख गरिएको छ।


, , , , , , , , , , , ,