बलेफी गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न

गाेपाल गदाल

बलेफी गाउँपालिकाको नवौँ गाउँसभा बुधवार सम्पनन भएको छ ।   


सभामा पालिकाका अध्यक्ष केदार क्षेत्री पालिका तथा वडाका जनप्रतिनिधीहरु कार्यपालिकाका सदस्यहरु तथा पालिका लगाएत वडाका कर्मचारीहरु सहभागी थिए । पालिकाले  आगामी वर्षका लागि चालू खर्च तर्फ रु  ४७ करोड १ लाख ५७ हजार रकम विनियोजन गरेको छ । बलेफी गाउपालिकाको उपाध्यक्ष कमला कायस्थाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य, कृषि तथा पुर्वाधारलाई प्राथमिकतामा राख्दै विपन्न नागरीकको अर्थिक स्तरलाई उकास्ने खालका कार्यक्रम निति तथा कार्यक्रममा समेटिएको छ । 



 सम्पुर्ण पालिकाका जनप्रतिनिधी तथा गाउ कार्यपालिकाका सदस्य हरुले सर्मथन गरेको उक्त निति तथा कार्यक्रमले गाउँपालिकाकोे स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कोरोना रोकथाम तथा मनसुन जन्य विपद्का लागि  कोष स्थापना गरी १ करोडको रकम छुट्याएको छ । सडक , खानेपाने , फोहोर व्यवस्थापन जस्ता कुरालाई प्राथमिकतामा राखिएको छ भने कोभिडका विरामिलाई पालिकाले व्यवस्था गरेको आईसुलेसनमा निशुल्क उपचार तथा आईसुलेसनमा उपचार हुन नसके अन्य अस्पताल जानु परे आर्थिक सहयोग समेत व्यवस्था हुने भएको छ भने पालिका भित्रका नागरिक कोरोना संक्रमणबाट मृत्यु भएमा परीवारमा ५ लाख रकम सहयोग समेत हुने भएको छ ।







, , , , , , , , , , , , , , , , , , ,