नेपाल प्रहरी अस्पतालको आयोजनामा बढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

 बढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । नेपाल प्रहरी अस्पतालको आयोजना र इलाका प्रहरी कार्यलय मेलम्ची को समन्वयमा शिविर सञ्चालन भएको हो । 


बाढीवाट घरवार विहीन भइ अस्थाई आवासमा बसोवा गरिरहेका, अस्थाई टेन्टमा वस्दा निम्तिएका स्वास्थ्य समस्या तथा अन्य खाले स्वास्थ्यमा भएका समस्यालाई निराकरण गर्न शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालले जनाएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिह को निर्देशन र प्रहरी बरिष्ठ उपरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठको कमान्ड मा सञ्चालन भएको हो । शिविरमा बाल रोग , शल्य चिकित्सा, मानसिक रोग, प्रसुती रोग, दन्त चिकित्सा, हाड जोर्नी सम्बन्धि रोगहरुको निशुल्क उपचार भएको इलाका प्रहरी कार्यलय मेलम्ची का प्रहरी निरीक्षक टिकाराम राई ले जानकारी दिनुभयो । दुई दिने शिविरमा हेलम्बु गाउँपालिका स्थित इचोक स्वास्थ चौकी मा दुई सय जना, चिलौने घारी प्राथमिक स्वास्थ्य केन्द्र ग्याल्थुममा एक सय ७० जना र मेलम्ची स्वास्थ्य केन्द्र मा एक सय ६८ जना गरि ५३८ जना ले निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएको प्रहरी नायब निरीक्षक सुरेन्द्र आचार्यले जानकारी दिनुभयो । 





, , , , , , , , , , , , , , , , , , ,