डडुवाकाे २ वटा स्वास्थ केन्द्रलाइ स्वास्थ सामग्री सहयाेग

नेकपा एमाले चौतारा साँगाचोकगढी नगरपालिका ओडा नम्बर १४ को पहल र नेकपा एमाले केन्द्रिय कार्यलय सचिब एबं निबर्तमान स्वास्थ तथा जनसंख्या  मन्त्री  शेर बहादुर तामाङको समन्वय मा ड्डुवा मा रहेको २ वटा स्वास्थ केन्द्र लाइ कोरोना माहामारिका विरुद्ध लड्न सहयोग गर्ने स्वास्थ सामग्री हस्तान्तरण भएको छ।



 उक्त कार्यक्रम मा नेकपा एमाले चौसागढी–१४ को अध्यक्ष उद्दब नेपाल स्थानिय नेता मोहन बस्नेत ,राजेन्द्र बस्नेत युबा नेताहरु शम्बु तामाङ ,शशि तामाङ लगायत को उपस्थिति रहेको पहलकर्ता बिध्यार्थी नेता सरोज बोहरा ले जानकारी दिनु भयो ।दुई ओटा स्वास्थ केन्द्र लाई उक्त सामग्री हरु पार्टी अध्यक्ष उद्दब नेपाल र बिध्यार्थी नेता सरोज बोहरा ले संयुक्त रुपमा स्वास्थ केन्द्र का प्रमुख ज्यु हरुलाइ हस्तान्तरण गर्नु भएको थियो । नेकपा एमाले ले अब छिट्टै दुई ओटै स्वास्थ केन्द्रहरू लाई बिरामी सुताउने बेड समेत उपलब्ध गराउने नेता  बोहरा ले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रम मा नेकपा माओबादी केन्द्र का स्थानीय नेता लाल बहादुर श्रेष्ठ ज्यु ले पनि उपस्तिथि जनाउनु हुंदै जुनसुकै पार्टी ले गरेपनी गाउँ मा बिकास हुनु पर्ने र सबैले मिलेर गाउँ को बिकास मा एक भइ लाग्नु पर्ने बताउदै । स्वास्थ केन्द्र लाई सामग्री उपलब्ध गराइदिएको मा नेकपा एमाले परिवार लाई धन्यवाद समेत दिनु भएको बोहरा ले बताउनु भयो । कार्यक्रम मा बोल्दै नेकपा एमाले जिल्ला सद्स्य एबं ओडा पार्टी अध्यक्ष उद्दब नेपालले  स्वास्थ सामग्री उपलब्ध गराउन सहयोग गर्नु भएको मा निबर्तमान स्वास्थ तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ र बिध्यार्थि नेता सरोज बोहरा लाई धन्यवाद दिंदै आगामी दिनमा धेरै कार्यक्रम हरु सबै संग मिलेर गर्ने र समग्र ओडा को बिकास को लागि सबै खाले प्रयत्न गर्ने जानकारी दिनु भयो ।  साथै कार्यक्रम मा बोल्दै अनेरास्ववियु का नेता बोहरा ले दुबै स्वास्थ केन्द्र लाई चाहिने प्यासेन्ट बेड समेत केही दिन मै उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।




, , , , , , , , , , , , , , , , , , ,