कांग्रेसद्वारा पाँचपोखरीमा स्वास्थ्य सामग्री सहयोग


रूपक पुरी

नेपाली कांग्रेसले पाँचपोखरी गाउँपालिकाको आठ वटै वडामा स्वास्थ्य सामग्री वितरण गरेको छ ।


नेपाली काँग्रेस सिन्धुपाल्चोकका पूर्व कोषाध्यक्ष देवेन्द्र खत्री र गाउँपालिकाका संयोजक उतर ध्वज खत्रीको सहयोगमा साढे तीन लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य सागर श्रेष्ठले लोकप्रिय समाचारलाई जानकारी दिनुभयो ।



स्वास्थ्य संस्थाका लागि फोल्डिङ बेड १० थान, अक्सिजन सिलिण्डर भरेको रेगुलेटरसहित १० थान मास्क १० हजार पिस, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ ।



अक्सिजन अभावले सयौं कोरोना संक्रमितले ज्यान गुमाइरहेको समयमा यो सहयोगले केही राहत पुग्ने श्रेष्ठले बताउनुभयो ।

, , , , , ,