राप्रपाद्धारा इन्द्रावतीमा स्वास्थ्य सामाग्री हस्तान्तरण

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) सिन्धुपाल्चोकले इन्द्रावती गाउँपालिकालाई अक्सिजन सिलिन्डर लगायत अत्यावस्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 


राप्रपाका केन्द्रिय सदस्यहरु, बाबुराम खड्का, दइन्द्र बहादुर ढकुरी, केन्द्रिय महिला संघकि महासचिव कुमारी तामाङ, केन्द्रिय महिला संघकि केन्द्रिय सदस्य दुर्गा नेपाल, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहाल लगायतल इन्द्रावती गाउँपालिकाको सबै वडाको स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण भएको हो । बुधबार एक कार्यक्रमका बिच ३ अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री इन्द्रावती गाउँपालिकाको नवलपुर प्राथमिक अस्पताललाई हस्तान्तरण भएको हो । उक्त स्वास्थ्य सामाग्री नवलपुर प्राथमिक अस्पतालका डाक्टर धर्मेन्द्र पाण्डे र इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंसलाल तामाङलाई संयुक्त रुपमा हस्तान्तरण गरियको थियो ।  यो संगै राप्रपाले इन्द्रावती गाउँपालिकाले बनाएको आइसोलेसन केन्द्रको लागी १ सिलिन्डर अक्सिजन लगायत स्वास्थ्य सामाग्री, इन्द्रावती १० को भोटसिपा स्वास्थ्य चौकी लाई २ सिलिन्डर अक्सिजन, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री, भिमटार स्वास्थ्य चौकीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै इन्द्रावती गाउँपालिकाको १२ वटै वडाको स्वास्थ्य केन्द्रमा मास्क, सेनिटाइजर लगायतको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । इन्द्रावती गाउँपालिकाको प्रत्येक वडालाई ६०० पिस मास्क र ९२ सेनिटाईजरका दरले हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य बाबुराम खड्काले यस्ता कार्यहरुले पुन्यको काम हुने बताउनु भयो । जिल्लामा अक्सिजन नपाएर मानिसहरुको मृत्यु भइरहेको कुरालाई स्मरण गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । कोभिडको यो बिषम परिस्थितिमा इन्द्रावती गाउँपालिकाकाको जनतालाई कोभिड बाट सुरक्षित रहनको लागी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको राप्रपा केन्द्रिय महिला संघकि महासचिव कुमारी तामाङले बताउनु भयो ।“सिन्धुपाल्चोक लाई ६३ लाखको अक्सिजन उत्पादन मेसिन दियौँ, अब के चाहिन्छ भन्नुस हामी उपलब्ध गराउँछु” , कार्यक्रममा बोल्दै राप्रपा क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष फडिन्द्र दाहालले भन्नु भयो , “हामीले भुकम्प लगायतका महामारीमा पनि सहयोग गरेका थियौँ, अब पनि हामीले सिन्धुपाल्चोकका जनता बचाउनको लागी सकेको सहयोग गर्नेछौँ ” । राप्रपा केन्द्रिय महिला संघकि केन्द्रिय सदस्य दुर्गा नेपालको अनुसार सिन्धुपाल्चोकको ३ नगरपालिका र ९ गाउँपालिकामा अक्सिजन लगायतको स्वास्थ्य सामाग्री बितरण गरिने छ । “धेरैजसो पालिकामा बितरण भइसकेको छ, बाँकी पालिकामा हामी तत्काल बितरण गर्नेछौँ”, उहाले भन्नु भयो । कोरोना रहस्यमय भाईरस हो, यसले कोहि भन्दैन, यो रोगबाट वचन स्वास्थ्य साबधानी अपनाउनुको बिकल्प छैन, यो बिषम परिस्थितिसंग जुध्नको लागी अक्सिजन लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएकोमा राप्रपा केन्द्रिय समिति, जिल्ला समिति, क्षेत्रीय समिति लगायत सबैलाइ इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंसलाल तामाङले धन्यवाद ब्यक्त गर्नु भयो । 


, , , , , , , , , , , , , , , , , , ,