राप्रपाद्धरा बाह्रबिसेमा अक्सिजन जेनेरेटर सहयोग

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकको बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा केन्द्रका डा. अनिल राउतलाइ अक्सिजन जेनेरेटर हस्तान्तरण गरेको छ । राप्रपा सिन्धुपाल्चोकका नेताहरुको पहलमा केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबरा मार्फत अत्याधुनिक  अक्सिजन उत्पादन उपकरण हस्तान्तरण गरिएको राष्टिय प्रजातन्त्र 


पार्टिको उच्च मुल्याङ्कन समितिका सङ्योजक नारयणा जङ्ग पाण्डेले जानकारी दिनु भयो। कार्यक्रममा केन्द्रिय सदस्य बाबुराम खड्का,राष्टीय प्रजातान्त्रिक महिला सङ्गठनकि केन्द्रीय महासचिब कुमारि तामाङ्ग, 

जिल्ला अध्यक्ष गोपाल  श्रेष्ठ सहअध्यक्ष दिपक खरेल १ नम्बर क्षेत्रिय अध्यक्ष  शिबभण्डारी सचिब उत्तम भण्डारि कोषाध्यक्ष प्रबिन श्रेष्ठ,लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।  जुम बैठक गरेर राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शम्सेर 

जवराले  जिल्लाबासि लाई स्वास्थ्य उपचारमा कुनै पनि कमि हुन नदिन  अनुरोध गर्दै यसका लागि  आफू र अफ्नो पार्टिले गर्न पर्ने हरेक  सहयोग गरिरहने बताउनु भएको  राप्रपाजिल्ला उच्च कार्य सम्पादन समितिका सयोजक 

नारयण जङ्ग पाण्डेले जानकारिदिनु भयो । कार्यक्रममा केन्द्रीय सदस्य बाबुराम खडका,जिल्लाअध्यक्ष गोपाल श्रेष्ठ लगायतले राप्रपा सिन्धुपाल्चोक जिल्ला कमिटिले सम्पुर्ण स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री समेत सहयोग गरिहेको जानकनरि दिनु भयको छ । यसै गिर भन्दा पहिले पनि  मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीलाई एक, एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर तथा सो को नेबुलाइजर हस्तान्तरण गरेको  राप्रपाकि महिला नेतृ कुमारि तामाङ्गले बताउँनु भयो । भन्सार तथा पारबहन बाहेक  प्रतिइकाइृ करिब ३० लाख रुपैयाँ लागत पर्ने उक्त उपकरण चाइना फाउण्डेसन फर पीस एण्ड डेभलपमेन्टको सहयोगमा उपलब्ध गराइएको हो । विद्युत हुँदा २४ सै घण्टा सेवा 

प्रदान गने सक्ने उक्त उपकरणले विद्युत नहुँदा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गर्छ । उपकरण हस्तान्तरण गर्दा जुम मिटिङ मार्फत अध्यक्ष राणाले सम्बोधन गर्नु भएको थियो । यसै गरि  क्षेत्रिय सदस्य प्रबिण श्रेष्ठले जुगल, बलेफि गाउपालिकाका केही वडा हरुमा  स्वास्थ्य सामाग्रि हरु बितरण  गर्नु भयको थियो । यसै गरि राप्रपा सिन्धुपाल्चोकले त्रिपुरा सुन्दरि गाउपालिकाबासिलाइ पनि आबश्यक स्वास्थ्य सामाग्रि पठाईयको छ।राष्टिय प्रजातन्त्र पार्टिले हरेक समस्यामा परेकाहरुका लागि आबश्यक सहयोग गरिरहेको बताउदै आगामि दिनमा पनि सहयोग गरिरहने क्षेत्रीय अध्यक्ष शिब भण्डारीले जानकारि दिनु भयो ।

, , , , , , , , , ,
Lokpriyasamac[email protected] Powered by Blogger.