पूर्व सांसद हरिभक्त अधिकारीको निधन

गाेपाल गदाल

नेपाली कांग्रेस लमजुङ्गका पूर्व सांसद हरिभक्त अधिकारीको निधन भएको छ ।  उहाले नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा लमजुङ्ग जिल्ला क्षेत्र नं। २ बाट निर्वाचित हुनु भएको अधिकारी शालिन एवं भद्र व्यक्तित्वको रुपमा परिचित हुनुहुन्थ्यो । अधिकारीको निधन प्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले शोक विज्ञप्ति जारी गरेको छ । प्रमुख सचेतक अनिता देवकोटाद्धारा निकालिएको विज्ञप्तिमा “ पूर्व सांसद, नेपाली कांग्रेस लमजुङ्ग जिल्लाका पूर्व सभापति एवं नेपाली कांग्रेसका अग्रज नेता हरिभक्त अधिकारीको आईतबार राती भएको असामयिक दुःखद निधनले हामीलाई स्तब्ध तुल्याएको छ । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेता अधिकारी २०५६ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा लमजुङ्ग जिल्ला क्षेत्र नं। २ बाट निर्वाचित हुनु भएको थियो । शालिन एवं भद्र व्यक्तित्वको रुपमा परिचित स्व। अधिकारीले पार्टी संगठन, विस्तार र सुदृढिकरणमा अतुलनीय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको छ । नेता अधिकारीको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चीरशान्तिको कामना साथै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।” भनिएको छ ।


, , , , , , , , , , , , , , , , , , ,