नमुना बन्दै इन्द्रावती दरबार सँगै डिजिटल बडापत्र

 


सिन्धुपाल्चोक जिल्लाको १२ वटा गाँउपालकिा मध्य  सबै भन्दा राम्रो भवन,  सुबिद्या सम्पन्न देखिने  दरबार   भवन निर्माण गरेर चर्चामा रहेको गाँउपालीकामा जिल्लाकै पहीपल्ट डिजीटल नागरिक पत्रको पनी शुरुवात गरेको छ । 



अनुभब पारदर्शीता र नितीगत निर्णय र निर्देशन अनी काममा लगनसिलता हुँदा  उद्धेश्य पुरा गर्न सकिने उदाहरणको रुपमा रहेको इन्द्रावती गाँउपालीका साँच्चै नमुना बन्न लायकको देखीएको छ । पालीकाको नँया भवन र त्यस भवनको सजावट हेर्दा जो कोहीले पनी यो गाँउपालीकाको भवन सँच्चै दरबार हो भन्ने गरेका छन । यसका साथै इन्द्रावती गाँउपालिकाले जिल्लामै पहिलोपटक डिजीटल नागरिक बडापत्र सञ्चालनमा ल्याए पछी झन यसले चर्चा कमाएको छ । अनी इन्द्रावती गाँउपालीकाको छुट्टै पहीचान पनी बनेको छ । गाँउपालिकाको कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताको लागि बुधबारबाट यो बडापत्र सञ्चालनमा ल्याइएको हो । गाँउपालिकामा आउने सेवाग्राहीले सेवा लिन आँउदा प्रकृया बुझ्नै लामो समय लाग्न थालेपछि यस्तो सेवा सञ्चालन गरिएको गाँउपालिकाका अध्यक्ष बंशलाल तामाङले बताउँनु भयो ।  यो सेवासँगै छिट्टै टोकन सेवा पनि सञ्चालन गर्ने तयारी भइरहेको छ । ‘हामी सकेसम्म सेवाग्राहीलाई बिना झण्झट सजिलै र छिट्टै सेवा कसरी दिन सकिन्छ भनेर सोेचीरहेका छौं ।’

‘त्यसकै लागि हामीले स्मार्ट हेल्प डेस्क नाम दिएर यो सेवा सञ्चालन गरेका हौं ।’ सेवाग्राहीले सजिलै बुझ्ने गरी सबै जानकारी पाउन सकिने गरी स्मार्ट सहायता कक्ष सञ्चालन गरिएको अध्यक्ष तामाङले बताउँनु भयो  । यो डिजीटल बडापत्र अपाङ्गमैत्री समेत रहेको छ । यो बडापत्रको डिजीटल बोर्डमा आफुले चाहेको सेवामा थिचेपछि अडियो र भीडियो सन्देश मार्फत जानकारीहरु प्राप्त हुन्छ । हेरेर र सुनेर जानकारी लिन सकिने हुनाले दृष्टी तथा श्रवणमा समस्या भएका सेवाग्राहीले समेत यसको प्रयोग गर्न सक्ने  समेत तामाङ्गले  जानकारी दिनु भयो ।  गाँउपालिकाका सुचना प्रविधि अधिकृत मनोज दंगालले डिजीटल बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पुर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् । आफुले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसको लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ । सो काम गर्नको लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरण समेत सोही बडापत्रमा हेर्न सकिने  ब्यबस्था गरिएको छ ।। सो डिजीटल बडापत्रमा गाँउपालिकाको सम्पुर्ण जानकारी समेत हेर्न सकिन्छ । गाँउपालिकाको कुनै शाखाले दिने सेवा सम्बन्धि जानकारी लिन समेत सोही बडापत्रको प्रयोग गर्न सकिने बताउँनु भयो  ।‘कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी यो डिजीटल बडापत्र तयार गरिएको छ ।’ ‘गाँउपालिकाबाट प्रदान हुने हरेक सेवाका बारेमा विस्तृतमा जानकारी राखिएको छ । डिजीटल नागरिक बडापत्रमा गाँउपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको विवरणका साथै विभिन्न विषयगत शाखाबाट प्रदान हुने सबै सेवाहरुको जानकारी समेत समेटिएको छ । बडापत्र गाँउपालिकाको सुचनापाटीको रूपमा समेत प्रयोग हुने गरी राखीएको छ ।


, ,