पुर्बमन्त्री तामाङको निर्बाचन क्षेत्रमा तीन ओटा पक्की पुल बन्ने

सराेज बाेहाेरा

सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ मा तीनवटा पक्की पुल निर्माण हुने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ुस्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुंच सुधार परियोजना ुशिर्षक अन्तरगत ,तालामाराङ भट्टार मोटरेबल पुल,कलुङखोला मोटरेबल पुल हेलम्बु (५ र सिपाखोला पुल ,अर्चले बुढिचौर ,ईन्द्रावती (८ मा पक्की पुल निर्माणका लागि बजेट बिनियोजन गरिएको हो । २०७१ सालबाट पहल गरिएको तर बिबिध कारणले निर्माण हुन नसकेका मोटरेबल पुलहरुको लागी यस बर्ष रकम बिनियोजन गरिएको र छिटोभन्दा छिटो टेन्डर प्रकृयामा लैजान सम्बन्धित निकायलाई निर्देशन गरिने पुर्ब मन्त्री शेर बहादुर तामाङले बताउनु भयो । गत असार १ गते मेलम्ची खोला र ईन्द्रावती नदिमा आएको भीषण बाढिका कारण सो क्षेत्रका ५ वटा पक्की पुल बगाएको हुंदा हेलम्बु ,पांचपोखरी थाङपाल  , ईन्द्रावती गाउंपालिका र मेलम्ची नगरपालिकाका केही वडाहरु सडक सन्जालबाट बिमुख भएको अबस्थामा  सो पुलहरु निर्माण हुंदा स्थानीय उपभोक्ताहरुलाई  ठूलो राहत मिल्ने माननीय तामाङका स्वकिय सचिब निर्मल बन्जाराले बताउनु भयो । बिगत लामो समयदेखि समस्यामा रहेका स्थानीयबासीहरुलाई  उक्त पुलहरु निर्माण हुंदा ठूलो राहत मिल्ने स्थानीय युबाहरु दिपक खडका ,मिङमार तामाङ र रामकृष्ण गिरी बताउंछन ।

, , , , , , , , , , , , , , , , , , ,