सुनकोशीगोरेटो बाटोका कारण सहज

शारदा प्रसाद चालीसे सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वार्ड नम्बर ७मा निर्माण गरिएको गोरेटो बाटोका कारण स्थानीयलाइ आवत जावतमा धेरै सहज भएको छ । पालीकाको  पाँग्रेटार अन्तर्गत अर्चले डाडाडिही जिम्मल टोल भिम्सेन थान पेट्कु सम्म पुग्ने गोरेटो बाटो सुधार भए पछी स्थानीय ले खुशी समेत ब्यक्त गरेका छन । 


जोखिममा रहेको  उक्त स्थान मा सुन्कोसी गाउँ पालिका वार्ड नम्बर ७ बाट रु एक लाख  सुनकोशी बहुमुखी कलेज बाट रु १७ हजार रुपैया बराबर को बार को लागी पाइप सहयोग  प्राप्त भएको थियो भनेजन श्रम दान रु२५ हजार  गरी जम्मा एक लाख    बयालिस हजार  मा बाटो को स्थर उनती सिमेन्टटेट सिडि ढलान गरिएको हो ।  निर्माण समिती को अध्यक्ष भिम बाहादुर भुजेल का अनुसार अझै भिर र जोखिम ठाउ हरु मा पनि थप बजेट को लागी वोडा अध्यक्ष सङ अनुरोध समेत गरिएको छ ।

यो बाटो तैयार भए पछी क्याम्पस जाने आउँने, लगाएतका स्थानाीयहरु लाइ सुबिधा पुग्ने समेत अध्यक्ष भुजेलले  जान्कारी दिनु भयो

, , , , , ,