थारु भाषाको ’निपुत्र’ सार्वजनिक


थारु भाषाको छोटो चलचित्र ’निपुत्र’ सार्वजनिक भएको छ।


राजु राजदेब चौधरीले निर्दशन गर्नु भएको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ

।सप्तरीमा खिचिएको चलचित्र ऋषिका चौधरी, शोभानंद चौधरी,एमडि आलम,आकाश बिक, आरके पाण्डे,सोभाकान्त चौधरी लगायातका कलाकारहरुले अभिनय गर्नु भएको  छ । लोकेन्द्र राज चौधरीले निर्माण गर्नु भएको चलचित्रमा राजु राजदेब चौधरीको कथा ,कोपि कान्छुको मेकअप ,अनिल शाहको छायांकन,निरज कुमार चौधरीको सम्पादन देख्न सकिन्छ। 

सेबिल एंटरटेनमेंटको ब्यानरमा निर्माण गएको चलचित्रले निःसन्तान महिलालाइ हेर्ने सोच परिबर्तन गर्नुपर्नेमा जोड दिएको छ।  चलचित्रका अन्य २ भागहरु क्रमस रिलिज हुने राजु राजदेब चौधरीले जानकारी दिनु भयो । 


, , ,