संक्रमण मुक्त हुने दरमा वृद्धि

कोभिड–१९ बाट सङ्क्रमणमुक्त पछिल्लो २४ घण्टामा तीन हजार ४५६ जना कोराना भाइरसको सङ्क्रमण मुक्त भएका छन् भने देश भर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा दुई हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आईतबार मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना भाइरसबाट सङ्क्रमण हुने भन्दा मुक्त हुनेको संख्या बढेको जानकारी दिनु भयो । गत २४ घण्टामा नै ५१ जनाको मृत्यु भएको छ । नेपालमा हाल ५५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ५४८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना सङ्क्रमित थपिएका छन । हाल १० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।


, , , , , , , , , , , , , , , , , , ,