राप्रपा द्धारा मेलम्चीलाइ अक्सिजन उत्पादन मेसिन सहयोग


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ३० लाख रुपैयाँ लागत पर्ने अक्सिजन उत्पादन मेसिन सहयोग बापत उपलब्ध गराएको छ ।



सिन्धुपाल्चोकमा कोरोनाको दर दिनानुदिन बढिरहेको अबस्थामा पार्टीले सो उपकरण सहयोग गरेकोराष्टीय प्रजातान्त्रीक महीला सङ्गठनकी केन्द्रीय महासचिब समेत रहनु भएको  सिन्धुपाल्चोकराप्रपाको नेतृ कुमारी तामाङ्गले जानकारी दिनु भयो ।


राप्रपा सिन्धुपाल्चोकका नेताहरुको पहलमा केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराले निजि रुपमा खरिद गरेर मेशिन स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको नेतृतामाङले जानकारी दिनु भयो  ।जुम बैठक मा सामाग्री हस्तानन्तरण गर्दै  राप्रपाका  केन्द्रिय अध्यक्ष पुर्ब मन्त्री  जबराले कोरना महामारीका कारण नागरिकलाइ परेको समस्याका बिषयमा चिन्ता ब्यक्त गर्दै आफु  सिन्धुपाल्चोक बासी  बारेमा  बढी चिन्तीत रहेको बताउँनु भयो । उँहाले  ‘यो मेरो सानो सहयोग हो सिन्धुबासीको लागि मैले सकेको सहयोग गरिरहेको छु र आगामी दिनमा समेत सकेको सहयोग गर्नेछु’,भन्नु भयो  ।

राप्रपाका केन्द्रिय सदस्यहरु चलन बहादुर तामाङ, बाबुराख खड्का,उदय सापकोटा,दइन्द्र बहादुर ठकुरी राप्रपा महीला संङ्गठन  केन्द्रीय महासचिब कुमारी तामाङ्ग जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ लगायतका नेताहरु ले  मेलम्ची स्वास्थ्य कार्यलयमा पुगी सामाग्री हस्तानन्तरण गर्नु भएको हो ।मेलम्ची स्वास्थ्य केन्द्रका  डा. आशिष श्रेष्ठले खुशी ब्यक्त गर्दै यो अबस्थामा भएको यो सहयोगले धेरै सहज भएकोबताउँनु भयो ।

महीला नेतृ तामाङ्गका अनुसार नेबुलाइजर सहितको हाइड्रोजन अक्सीजन जेनेरेटरले विधुत आपूर्ति अवरोध नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । विद्युत नभएको अवस्थामा तीन घण्टा हाइड्रोजन, अक्सीजन उत्पादन गरी कोभिड विरामीलाई नियमित सेवा दिनेछ ।प्राकृतिक अक्सिजनलाई यस मेसिनले ग्रहण गर्नेछ । मेसिनले एकै पटकमा ८ जनालाई अक्सिजन दिन सकिन्छ । राप्रपाले सोमबार बाह्र्बिसे स्वास्थ्य केन्द्रलाइ पनी सामाग्री हस्तानन्तरण गर्ने भएको छ । 


, , , , , , ,