पाँचपोखरीमा पनि ३५घर जोखिममा

रामचन्द्र बस्नेत

सिन्धुपाल्चोक , गत साता मंगलबाट बेलुकीको भारी बर्षा पछि एकाएक बाढिको रुप लिएको मेलम्ची , इन्द्रवति, लार्के, लगाएतका आसपासका बिभिन्न साना तथा ठुलानदिहरुले तटिय क्षेत्रमा रहेका सबैजसो माछा फार्म, आसपासका गोठ र अन्य बजारी भुभागको कुनै प्रकारको नामोनिशान छैन । गाउपालिका प्रमुख टसी लामाका अनुसार जलबायु परिर्बतनको कारण बेमौसमि रुपपमा गन्छ्यन्पो हिमालमा परेको हिँउ र सो हिउँको भार जमिनले थाम्न नसकेको कारण आएको हिम पहिरोले यो बाढिको बिकराल रुप लिएको बताउनुहुन्छ । अध्यक्ष लामा भन्नुहून्छ  यो नदि बाढिको कारण बिभिन्न स्थानमा गरी १ घण्टा भन्दा माथि बिचबिचमा थुनिएको थियो । अहिले याङ्गदी नदिको किनार नजिकै रहेको दलित परिवार सहित ६५घर उच्च जोखिममा रहेको र हाल सम्म २ घर बाढिले बगाइसकेको छ। साथै गाउपालिका भित्र रहेको याङ्गदी एकेडेमि नामक बिध्यालयको तिनवटा भवन बगाएको र सो नजिकैको माइखर्क ,तासिब बस्ति जोखिममा परेको छ  । त्यस्तै गाउपालिका भित्र बर्खाको समयमा आवतजावत गर्न नभइनहुने ३ झोलङ्गे पुल जनि बाढिले बगाएको छ र ,नदिले कटानि गरेर बाँकि रहेको एक पुल बचाउने तरखरमा पालिकाको टिम रहेको र सो पुल बचाउन नसकिएको अवस्थामा ६०० परिवारसँगको सिधा सम्पर्क टुट्ने अध्यक्ष लामाले बताउनुभयो । राहत भन्दा पहिले बस्ति बचाउन पालिका टिम । हरेक प्राकृतिक प्रकोपमा राहत सामाग्रीमा मात्र जोड दिएको बेलामा सिन्धुपाल्चोको पाँचपोखरी गाँउपालिकाका प्रमुखका अनुसार देशको अर्थतन्त्रमा थप भार पार्ने बस्तुहरुलाइ कम गराउनकै लागि भएपनि बास्तबिक पिडित पक्षको छानबिन र जोखिममा परेका बस्ति तथा संरचना बचाउन आफ्नो टिम लागेको अध्यक्ष लामाको भनाइ छ ।



, , , , , , , , , , , , , , , , , , ,