एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तरराष्ट्रिय कलशुल्क

एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तरराष्ट्रिय कलशुल्क परिमार्जन गरेको छ ।


नयाँशुल्कहरुनेपाल दुरसञ्चार प्राधिकरणलेअन्य दुरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृतशुल्कतथाकल दर अनुसार नै रहेको एनसेल द्धारा जारी बिज्ञेप्तीमा जनाइएको   छ। गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुकालागिनयाँअन्तरराष्ट्रिय कलशुल्कको स्वीकृतीप्रदान गरेको थियो । प्राधिकणबाट प्राप्तयो स्वीकृतिसँगै यी देशहरुकालागिएनसेलको अन्तरराष्ट्रिय कलशुल्कअब अरु सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृति  बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।  नयाँ परिमार्जित अन्तरराष्ट्रिय कलशुल्कअनुसार माथिउल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रतिमिनेट रु ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कलशुल्क कर बाहेक रु ३०.६५ निर्धारणभएको छ । यस अघि यीदेशहरुमाकलगर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट रु ४.९९ देखि रु १५ सम्म लाग्ने गरेको थियो । अझैपनिमाल्दिभ्सको लागिएनसेलको प्रतिमिनेट कलशुल्क अरु सेवाप्रदायकले लिने शुल्कभन्दानिकैनै कम रहेको छ । अन्तरराष्ट्रिय कलकालागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकैनै कमभएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तरराष्ट्रिय कलबापतको राजस्वमा ठूलो नोक्सानीव्यहोर्दै आएको छ । साथै यस अघि एनसेलले यी देशहरुकालागिप्रदानगर्दै आएको अन्तरराष्ट्रिय शुल्कअन्य सेवाप्रदायकहरुको स्वीकृत कलशुल्कभन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तरराष्ट्रिय कल सुविधाप्रदानगर्दै आएको थियो । सन् २०१६ देखि अप्रिल२०२१सम्ममाएनसेलले अन्तरराष्ट्रिय कल सेवामाअव्यवहारिकनोक्सानीव्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तरराष्ट्रिय कलबाट हुने आयमा रु २७.५ करोडभन्दा बढिनोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दर भन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकारणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै—कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु १,१७०.३० सम्म रहेको छ । गुणस्तरीय सेवा सुलभ दरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरु सँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटको रुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना  गर्दै आएको छ । स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापतरु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जानेछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हाल सम्म रु १ अर्ब २७ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।  


, , , , , , ,