"रात्रीकालिन मनोरञ्जनात्मक ब्यवसायिक संघद्वारा राहत वितरण"

बिशाल श्रेष्ठ

काठमाडौं,"जनताहरु इन्टरनेटमामा मात्र हो देशभक्ति देखाउने हो  सडकमा आएर सेवा गर्न त कुनै पार्टीको निर्देशन अनि मासु भात चाहिन्छ" भन्ने भनाईलाई गलत सावित गर्दै रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायी संघले आफ्नो क्षेत्रमा काम गर्ने असर परेको कामदारहरुलाई राहत वितरण गरेको छ। 


 रात्रिकालीन व्यवसायमा कार्यरत अति बिपन्न श्रमिक मजदुर अरुलाई लक्षित गरी अभियान गरेको संघको महासचिब सुजन श्रेष्ठले जानकारी दिनुभयो। यस अगाडीको पहिलो कोरोनाको लहरमा पनि सहयोग गरेका थिए।

 कोभिड महामारीको दोस्रो लहर शुरु भएपछि संघले कोभिड रेस्पोन्स टिम गठन गरेको थियो। श्रेष्ठकोअनुसार रात्रिकालीन व्यवसायमा आश्रित ३०० जना पिडित कलाकार तथा कामदारहरुलाई राहतस्वरुप प्रति‌ परिवार १ बोरा चामल, २ लिटर तेल ,१ किलो दाल नुन लगायत अत्यावश्यक सामग्री वितरण गरेको हो।   महासचिव श्रेष्ठका अनुसार राहत बितरण कार्यक्रम अझै केही दिन चल्ने जानकारी दिनुभयो।

, , , , , ,