डडुवा स्वास्थ्य कार्यलयलाइ सामाग्री हस्तानन्रण


 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढीनपा वडा नं १४का बस्नेत युवाहरुको सक्रियतामा वडामा रहेका २ वटा स्वास्थ्य कार्यलयलाइ सफा पानी खानका लागी तातो र चिसो गरेर पिउन मिल्ने डिस्पेन्सर  एक एक थान हस्तानन्तरण गरिएको छ ।


बस्नेत एकता समाजका पुर्ब उपध्यक्ष अर्जूृन बस्नेतले उक्त सामाग्री पठाउँनु भएको र आफुले स्वास्थ्य कार्यलयलाइ दिएको बस्नेत एकता समाजका सचिब मोहन बस्नेत शम्भुले जानकारी दिनु भयो ।

यसै बिच नेपाली काँग्रेसका महाधिबेशन प्रतीनिधी शिबहरी बैरागी नेपाली काँग्रेस  १४वडा इकाइ समितीका सचिब इन्द्र बस्नेतले पठाउँनु भएको मास्क, पिपिइ सेनस्यानेटाइजर ट्वाइलेट पेपर लगाएतका सामाग्रीहरु नेपाली काँग्रेसका श्याम पराजुली र चतुर बहादुर तामाङ्गले स्वास्थ्य कार्यलय हरुलाइ हस्तानन्तरण गर्नु भएको थियो । यस अघी बस्नेत युवा समुहले बाँडेको मास्कम नपुग भएकाले समाज सेवी नकुल नेपालले ६५०पिस मास्क समेत दिनु भएका मोहन बस्नेत  शम्भुले जानकारी दिनु भयो । 




, , ,