अपाङ्ग बालबालिकाको लागि पोषण खाद्य वितरण

चौतारा सांगाचोकगढी नगरको उपमेयर जानुका पराजुलीले अपाङ्गता भएका बालबालिकाका लागि पोषण खाद्य र स्वास्थ सामाग्री वितरण गर्नु भएको छ । 



राहत सामाग्रीमा एक बोरा चामल, दाल नुन तेल ,अण्डा, फलफूल र स्वास्थ्य सरसफाइ सम्बन्धी प्रतिब्यक्ती रु ३००० बराबरको सामाग्री वितरण गरेको हो। बौद्धिक अपाङ्गताका अभिभावक संघ सिन्धुपाल्चोकको समन्वयमा  रोटरेक्ट क्लब धुलिखेल र सम नेपाल काठमाडौबाट प्राप्त राहत सामाग्री कोभिड १९ बाट प्रभावित ३३ बालबालिकाकालाई उपमेयर पराजुलि वडा न ५ का अध्यक्ष नरमान श्रेष्ठ, संघका अध्यक्ष जानकी श्रेष्ठ र रोटरेक्ट क्लब धुलिखेलकी अध्यक्ष रजिना श्रेष्ठले बुधबार हस्तान्तरण गर्नु भएको  संघको अध्यक्ष जानकी श्रेष्ठले जानकारी दिनु भयो । संघले अपाङ्ता भएका बालबालिकाका लागी सम नेपालको सहयोग र सहकार्यमा जिल्लास्थित बिधालयलयहरुमा समाबेशी शिक्षा लगायत विभिन्न कार्य गर्दै आएको छ ।



, , , , , , , , , , , , , , , , , , ,