बढीग्रस्त क्षेत्रमा प्रदेस सरकारको राहत ,‘सडक खुलाउन बजेट अभाब नहोस्’

 बिदुर आचार्य, 

चौतारा,  बाढीग्रस्त मेलमची र हेलम्बु क्षेत्रमा बागमती प्रदेस सरकारले राहत पु¥याएको छ । शुक्रबार प्रदेसका आन्तरीक मामला तथा कानुन मन्त्री केशव पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले बाढीग्रस्त क्षेत्रको निरीक्षण पश्चात राहत वितरण गरी सडक र बिजुली आपूर्ति तत्काल गर्न निर्देशन गर्नुभएको हो । मन्त्री पाण्डेले विपदमा जनगुनासो नआउने गरी तत्कालीन र दीर्घकालिन योजना सहितको सडक सञ्चालन गर्न बजेटको अभाब नहुने बताउनुभयो । ‘बजेटका कारण पूर्वाधार निर्माणमा समस्या हुन दिने छैनौ’– मन्त्री पाण्डेले भन्नुभयो, ‘सडक, विजुली र संचार संचालन छिटो गरौ, बजेट भैपरि आउने कोषवाट परिपूर्ति गरौला ।’ बागमती प्रदेशका उधोग पर्यटन वन तथा वातावरण मन्त्री नेपालले हेलम्बु सम्म पुगि राहत सामग्री बितरण गर्नुभयो । मेलम्चीबाट माथिल्लो क्षेत्रमा सडक सञ्जाल विच्छेद भएपछि राहतको अभाव नहोस् भनी हेलम्बु गाउँपालिकाको चनौटे सम्म पुगेर पुगेको राहत पु¥याईएको मन्त्री नेपालले जानकारि दिनुभयो । बाढी पीडितका समस्या बुझ्दै मन्त्री नेपालले तत्कालका लागी अस्थायी सेल्टरका लागि ५० थान हेभी टेण्ट र एकसय थान त्रिपाल र अत्यावश्यक खाद्यान्न र आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारि दिनुभयो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल९टान० र तिलगंगा आँखा अस्पतालका तर्फबाट दैनिक उपभोग्य सामाग्रीका प्याकेज पनि प्रदान गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , ,