लिपिङ पुल अवरुद्ध हुँदा अक्सिजन प्लान्ट तातोपानीमै रोकियो

 कुमार बस्नेत (अधिराज)

सिन्धुपाल्चोक , लगातारको वर्षाका कारण  लिपिङ कोदारी  सडक खण्डका ठाँउ ठाँउमा  भत्किदा  वीर ,नर्भिक त्रिवि लगायतका अस्पतालहरूका ,लागि ल्याइएको अक्सिजन प्लान्ट तातोपानीमै रोकिएको छ । 



 मितेरी पुल छेउछाउ कोदारी सडक लिपिङ पुलसँगैको सडक र ठाडो खोलाहरूको पुल कलभटहरू भत्किएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर उपत्यका  ल्याउन नसकिएको आयातकर्ता कम्पनीले जनाएको छ । चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा कोदारि क्षेत्रमै रोकिएपछि आयातकर्ताले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आग्रह गरेको स्रोतले जनायको छ । कोरोना महामारी बडेसँगै राजधानीका ठूला अस्पतालमा अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन खरीद गरिएको थियो । ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन  उपत्यका  लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि  अनुरोध गरिएको जनाएको छ । पचास क्युविक लिटर प्रतिघण्टा क्षमताको आठ थान र १५ क्युविक मिटर प्रतिघण्टाका तीन थान ३० क्युविक मिटर प्रतिघण्टाको दुई थान अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएको छ । त्रिवि शिक्षण, वीर र निर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ । ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बीच बाटामै रोकिएको हो ।


, , , , , , , , , , , , , , , , , , ,