नेत्रज्योति कृषि सहकारि सस्थाद्वारा निशुल्क बिरुवा बितरण

सिन्धुपाल्चोक जिल्लाको चौतारासाँगाचोक गढि नगरपालिका १४ मा रहेको नेत्रज्योति कृषि सहकारि सस्थाले ५००० थान टिम्मुर र १००० थान कागतिको बिरुवा निशुल्क बितरण गरेको छ । 



२०६९ सालमा स्थापित उक्त सस्थाले स्थापना काल देखि नै खेति योग्य जमिनलाई बाझो नाराखि खेति  गर्न कृषकहरुलाई  उर्जा दिदै आईरहेकोछ । शुरुमा कृषि उत्पादनमा आधुनिकरण गर्न भन्दै टेक्टर को प्रयोग गराएको थियो भने बाझो जग्गालाई खेति  गरेर आय आजर्न का लागि अग्रसरता देखाई रहेको सहकारि ले हरेक  बर्ष बाझो जग्गाको सदुपयोग का लागि विभिन्न काम गरिरहेकोछ । संस्था  स्थापना सँगै  कृषिमा नया प्रबिधि अनुसार खेति गर्नका लागि प्रोत्साहन गरिरहेको छ । नेत्रज्योति कृषि सहकारि संस्थाले  गाउँमा रहेका किसानलाई खेति गर्न प्रेरेणा दिने क्रममा बिधालयमा खुवाउदै आएको चाउचाउ र बिस्कुटलाई निरुत्साहित गर्दै स्थानिय स्तरमा उत्पादन भएका सामाग्रि प्रयोग गरि खाजा खुवाउने काम गरेको छ । यसै गरि सहकारिले गाउमा नै उत्पादन भएको हलुवाबेद समेतको परिकार निर्माण गरि आयआर्जन कार्यमा सहभागी गराई रहेको छ । गत बर्षहरुमा कृषकलाई अुदानको मल लिन कठिनाई भएको कारण  यस बर्ष नेत्रज्योति कृषि सहकारि संस्थाले मल ल्याउन प्रतिस्पर्धा गरे पछि डडुवामा मलको लागि नेत्रज्योति कृषि सहकारिलाई अनुदान नदिएको  र सोहि प्रयोजनमोलागि  ब्यपारिक सहकारिलाई मल ल्याउनका  लागि वडाले नगद अनुदान  दिएको थियो । सरकारले दिएको अनुदान माथि थप अहिले बिरुवामा पनि वडाले सहयोग गरेको  छैन।  वडाबाट हुने सहयोगमा नेत्र ज्योतिलाई नदिएर अरु आफू निकटका  सहकारिलाई मात्र अनुदान दियर पक्ष पात गरेको स्थानियले आरोप लगायका छन।    वडा अध्यक्ष आफु निकटका र आफै अध्यक्ष रहेको सहकारिलाई मात्र अनुदानको ब्यबस्था गरेको मा स्थानियहरु आक्रोसित रहेका छन ।यसरी मल ल्याउन वडाबाट अनुदान पाउनेमा वडा अध्यक्ष अध्यक्ष रहेको जनमिलन बचत तथा रिण ससहकारि सस्था र जनहित दुग्ध उत्पादन सहकारि सस्था रहेको छ। सरकरले अनुदान दिय पनि गाडिभाडा  भन्दै वडाकार्यलयले अनुदान दिएको थियो ।





, , , , , , , , , , , , , , , , , , ,